प्रहरीलाई ज्योति मगरको प्रश्न, निर्मलाका हत्यारा नपक्रने, होटलमा बसेका जोडी किन पक्रने?
सन्धिखर्क : लोक गायिका ज्योती मगरले प्रहरीले होटलमा बसेका जोडीलाई बिनासित्ती पक्रेको भन्दै प्रहरीमाथि आक्रोश पोखेकी छिन। ठूलाबडाले ठूला-ठूला तारे होटलमा मोज मस्ती गर्दा नपक्रने तर सामान्य जोडीलाई पक्रने गरेको भन्दै उनले प्रहरीमाथि व्यंग्य गरेकी हुन्।
निर्मला पन्तका हत्यारा पक्रन नसक्ने प्रहरीलाई सहमतिमा बसेका जोडीलाई दु:ख दिने अधिरका नभएको उनको तर्क थियो। चौथो अर्घाखाँची महोत्सवमा आफ्नो प्रस्तूति दिन ज्योती सन्धिखर्कमा आएकी थिइन्।
ज्योती मगर जब स्टेजमा आइन माहोल निकै तातेको थियो। उनले नेपाली पहिचानका कुरासँगै युवादेखि पाका पुस्ताका बारेमा व्यंग्य गर्दै दर्शकलाई मजाले हँसाइन्। उनले भनिन्, ‘जब ढाडे बिरालो नामको गीत बजारमा आयो, म विवादमा आएकी थिएँ, तर केही व्यक्तिले माया नगरे पनि धेरै दर्शक श्रोताले माया गर्नु भएको छ।यसैमा खुशी छु।’
लोक संगीतलाई छाडा बनाउने आरोप खेपिरहेकी ज्योतीले स्टेजमा रमाइलो गर्दा कसरी छाडा हुन् भन्दै मानिसको सोचाइ अनुसार शब्दको व्याख्या हुने बताइन्। दोस्रो दिन राष्टिय स्तरका कलाकारहरुले प्रस्तुति दिएका छन्।राष्ट्रिय कलाकार ज्योती मगर, पुषोतम पौडेल, धावा लामा , इन्द्रिरा गैरै सुनिल गिरीलगायतका कलाकारले आ-आफनो प्रस्तूति दिएका थिए। अन्नपूर्ण पोष्ट

_20190113073112.jpg)

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :