Thursday 28th March 2024

‘सृजशिल युवा समाज नेपाल–कुवेतʼद्धारा अन्तरक्रिया तथा राष्ट्रिय सम्मान कार्यक्रम सम्पन्न

5 years अगाडी

काठमाण्डौ-सृजशिल युवा समाज नेपाल–कुवेतʼले अन्तरक्रिया तथा राष्ट्रिय सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ । काठमाण्डौ सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा सामाजिक सुरक्षा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टकोे प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरेको हो । सो अवसरमा विधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ, प्रहरी महानिरिक्षक सवेन्द्र खनाल, समाजसेवी तिल बहादुर कार्कि र बरिष्ठ अधिवक्ता तथा महिला अधिकारकर्मी श्री मिरा ढुङ्गाना लगायतका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । भने सांगीतिक व्यक्तित्वहरु, सामाजिक अभियन्ता र पत्रकारिता विद्याका व्यक्तित्वहरुलाई समेत सम्मान गरियो ।

युवाहरुमा सकारात्मक सोच र सृजनशिलता विकास गर्दै समृद्ध राष्ट्र निर्माणका लागि ‘सृजशिल युवा समाज नेपाल–कुवेतʼको स्थापना गरिएको संस्थाका अध्यक्ष पुष्कर सिंह धामीले बताए । साथै विदेशमा नेपालीले भोग्नु परेको समस्याहरुमाथि संस्था जिम्मेवारपूर्वक लागि परेको समेत धामीले उल्लेख गरे । संस्थाले ‘स्वदेशदेखि प्रवाससम्म गरौँ एकता, सामाजिक कार्यमा सामुहिक प्रतिबद्धताʼ भन्ने मूल नाराका साथ सामाजिक कार्यहरु गर्दै आइरहेको छ । आयोजित कार्यक्रममा संस्थाले सहयोग गरेका पीडितहरुले समेत आफ्ना भनाई राखेका थिए । स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्य गरेको यो संस्थाले गरेका सामाजिक कार्यहरु यस्ता छन् ः
 २०७४ सालमा नयाँ बर्षको अवसरमा गोकर्णस्थित संयुक्त एकता केन्द्रको भवन निर्माणका लागि रु. ५०००० सहयोग

ड्ड साउदिबाट घरेलु काममा कष्टकर जीवन बिताइरहेकी दुर्गा देवी राइलाई उद्धार गरी समाजकै हवाई टिकटमा नेपाल पठाई सहयोग गरेको ।

कंचनपुरमा  एक अग्नि पिडित परिवारलाई १६ हजार नगद र श्रमदान गरी गाँस–बासको ब्यावस्था गरेको ।
ड्ड स्तन क्यान्सर दुर्गा माया ठकुरीलाई १६ हजार आर्थिक सहयोग गरेको ।

ड्ड २०७४ साउन महिनामा अबिरल वर्षाका कारण कैलाली जिल्लामा डुँबानमा परेका १० घर–परिवारलाई लत्ताकपडा र स्कुल सामाग्री सहित ९३ हजार बराबरको सहयोग बितरण गरेको ।

ड्ड दार्चुलाका क्यान्सर पिडित ७ बर्षीय बालक रोसन धामीलाई उपचारका लागि ४८ हजार आर्थिक सहयोग गरेको ।
ड्ड कुवेतमा जेन्डिसको बिरामले थला परेकी पुनम कामीलाई सहयोग गरेको ।

ड्ड भुकुम्पपछि सिन्धुपाल्चोकमा पुनर्निर्माणमा खटिएका समाजिक अभियन्ता सुन्तली–धुर्मुस फाउण्डेसनलाई १२ हजार आर्थिक सहयोग गरेको ।

ड्ड लामो समयदेखि मानव तस्करहरुको फन्दामा परी ईराकमा बेचिई कस्टकर जीवन बिताइ रहेकी रिदा सार्की नेपाल फर्किन विभिन्न कागजात र हवाई टिकटको लागि १५०० अमेरिकी डलर खर्च गरेको ।

ड्ड त्यसैगरी कुवेतबाट अम्बिका हमाल, सरिता गिरि, मनिता श्रेष्ठ, रिखा धिमाल, गिता खत्रि, माया तामाङ, अस्मि तामाङ, सबिता परिवार, बिमला ओली, साबित्रा बिक, सर्मिला गिरि, अनिता लिम्बू, रन्जिता कार्की, रुपा बिक, अनु राई, भगि माया राई, सर्मिला परिवारलगायत अन्य दिदिबहिनी तथा बालबालिकाहरुको उदार गरेको छ ।

समाजले आर्थिक सहयोग आफ्नै सदस्यहरुबाट मात्रै संकलन गर्ने गरेको छ । भविष्यमा यो समाजले आफ्नै साझा गृह संचालन गरी अनाथ, अशक्त, समाजबाट अपहेलित बेसाहारा नागरिकहरुलाई सेवा दिने, देश बिदेशमा बिचल्लि परेका नेपाली नागरिकहरुलाइ उद्दार गर्ने लक्ष लिएको छ । भने समाजलाई सकारात्मक सोचको सृजना गर्ने खालका जनचेतनामूलक कार्यक्रम गरी युवाहरुको जनशक्ती र सुचना प्रविधिको प्रयोग गर्दै युवाहरुको ज्ञान सिपबाट स्वदेशमै रोजगारीको अवसर सृजना गर्ने भावी योजना रहेको छ ।

          January 14, 2019 8:14 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...