उफ् ! एयरपोर्टका दु:ख नि (फोटोफिचर)
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, जहाँ अचेल अचम्मका दृष्य देखिन थालेका छन्। कसैले आफ्नो सुटकेस काँधमा बोकेर हिँडिहरेका छन्, कसैले बल्लतल्ल सामान उठाएर दौडिरहेका छन्, कोही थाकेर आफ्नो सामानमै बसेका छन्। पुसको चिसोमा पनि उनीहरुको शरीर तात्तिएर पसिना निक्सिरहेको छ।
नझुक्किनु होला, उनीहरु सामान बोक्ने कामदार होइनन्। नेपाल भित्रिने यात्रु हुन्। त्यस मध्येमा कतिपय त विदेशी पर्यटक पनि छन्। लाग्छ, उनीहरू नेपाल भित्रिने बित्तिकै यस्तो दु:ख व्यहोर्नू परेपछि निराश भएर अर्को पटक नेपाल नआउने संकल्प गर्दा हुन्।
विदेशबाट नेपाल भित्रिने यात्रुहरुले यस्तो दुख व्यहोर्नू परेको विमानस्थलकै कमजोर व्यवस्थापनले हो। विमानस्थलबाट आफ्नो सामान प्राप्त गरेपछि यात्रुहरु सिधै ट्याक्सी पार्किङमा जान खोज्छन्। तर, विमानस्थलमा यात्रुको सामान वितरण गर्ने ठाउँबाट ट्याक्सी पार्किङ निकै टाढा छ।
त्यति मात्र कहाँ हो र, यात्रुले आफ्नो सामान प्राप्त गरेपछि ट्रलीमा राखेर सिधै ट्याक्सी पार्किङसम्म पनि पर्याउन पाउँदैनन्। किनकि सामान बोकेका ट्रली आधा बाटो बाटै फर्काइन्छ। त्यसैले यात्रुले आफ्नो सामान काँधमा बोकेर ट्याक्सीसम्म पुर्याउनु पर्छ। अन्नपूर्ण पोष्ट
हेर्नुस्, फोटोहरू :











प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :