Thursday 25th April 2024

उद्देश्य समाज सेवा ! काम गाना ,बजाना अनि खाना !

5 years अगाडी

-राज मल्ल ।
कुवेतको अदान अस्पताल । यहाको सरकारी अस्पताल मघ्येको एक । सेवा सुबिधा सम्पन्न । गत आइतवार नेपाली राजदूतावासका तृतीय सचिब मनोज सिंह , श्रमसहचारी ज्ञानेन्द्र शर्मा , यूवा समाजसेवी तथा लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालका साथै सिन्धुपाल्चोक सेवा समाजका महासचिव राज श्रेष्ठ सहित उक्त अस्पतालमा रहेका नेपाली बिरामिहरुको अवस्थावारे जानकारी लिने अवसर जुर्यो ।

हुनत कुवेत बसाईले दशक पार गर्दै गर्दा अदान अस्पताल मेरो लागी पानी पंधेरो जस्तै भैसकेको छ । महाबुल्लाबाट नजिक भएर पनि होला कहिल्यै आफै बिरामि त कहिल्यै यस्तै कामकाजले अस्पताल जाने गरेको छु । सुन्दा अच्चम लाग्न सक्छ केही मिनेटको लागी भुलवस मेरो मृत्यु दर्ता भएको अस्पताल हो यो । दर्जन भन्दा बढ़ी इलिगल अवस्थामा भर्ना भएका र कम्पनिले नहेरेका नेपालीहरुलाइ डिस्चार्ज गर्न अनेक उपाए अपनाउनु परेको अनुभव छ । कहीले बैसाखि बोकेर त कहिले बिरामि प्रति चासो देखाउने सामीजिक अभियन्ता सहित पुगियो । हिजो पहिलो पटक दूतावासका प्रतिनिधी सहित पुग्दाको अनुभव भने केही पृथक रह्यो ।

पछील्लो समय सामीजिक सन्जालमा आउने घटनाक्रमलाई सबैले पछ्याउदै आएको छौ । सन्जालमा आएपछि सामाजिक संघ संस्था , अभियन्ता लगायत मिडियाको ध्यानाकर्षण हुने गर्छ । र अस्पतालको हकमा पनि हामीले हिडेको बाटो यहि हो । सड़क दुर्घटना होस या अन्य कुनै रोग ब्याथिले अस्पताल भर्ना भएकोहोस , जो बोल्न सक्छ , जस्को बोलिदिने कोही छ हो उतै तिर मात्र हाम्रो ध्यान केन्द्रित हुने गर्छ । तर बिड्म्बना समाजमा नआएका , भनौ जो बोल्न नसक्ने अवस्थामा अस्पतालमा छन अनि जस्को बोलिदिने कोही छैन उनिहरु नै महिनौ बर्षौदेखि अस्पतालको सइयामा छट्पाटाई रहेको पाइयो ।

अस्पतालमा घुम्दै गर्दा तृतीय सचिब मनोज सिंहले भन्नु भयो
“२०१८ मा भित्रमा यस्ता धेरै अस्पतालका केशहरु आए जो समाजमा नगन्य मात्रमा मात्र बाहीर आए । ति केशहरुलाई हामीले सक्दो समाधान गर्दै आएका छौ भने गर्ने क्रम पनि निरन्तर चलिहेको छ। दूतावासको काम कारवाही प्रति असंतुष्ट पक्षलाइ म के भन्न चाहान्छु भने कुवेतमा नेपाली श्रमिकहरुको अस्पताल लगायत अन्य क्षेत्रको विवरण माग्नुहोस हामी सग सुरक्षित छ”।

गत शुक्रवार महाबुल्ला एरियामा सड़क दुर्घटनामा परेकि अस्मिता घले र ७ जनवरि २०१७ मा सड़क दुर्घटना परेका भागिरथ चापागाई सहित अन्य दुइ जना नेपाली महिला अस्पतालमा उपचारक्रममा रहेको पाइयो ।

अस्मिता घलेको स्वास्थमा सुधार आइसकेको छ भने भागिरथको वारेमा विगत देखिकै अक्सिनको समस्या यथावत नै छ । तर भागिरथको लागी पछिल्लो समय नेपालको परराष्ट्र मन्त्रालय र कुवेतको स्वास्थ्य मंत्रालयले गम्भीरताका साथ काम कार्बाही अगाडी बढाएको पाइएको छ । एरएम्बुलेन्सका लागी ५२ लाख लाग्ने हुदा अझ चुनौती बनेको केशलाई परराष्ट्र सहित सम्बन्धीत निकायले कसरि समाधान गर्छ आउने दिनले बताउला ।

घरेलु महिला कामदारको रुपमा कुवेत आई इलिगल भई काम गर्दै गर्दा प्यारालाइसिसले सिकिस्त अवस्थामा अस्पताल भर्ना भएकी बुर्तिबाङ -१ बाग्लुङकी हिरा दमाईको अवस्था अझै नाज़ुक छ । बोल्न सम्म नसक्ने हिरा ४ महिनादेखि अस्पतालमा रहेकी छन भने स्वास्थ्यमा कुनै असर देखिएको छैन। हातको इसारामा आखा भरि आशु पार्दै बोल्न खोज्ने हिरा को न परिवारवाट खोजि भएको छ न कोही आफन्त सम्पर्कमा आएको छ ।

त्यसैगरि इलाम घर भई घरेलु महिला कामदारको रुपमा स्पोन्सरको घरमा काम गर्दा गर्दै मोटों आन्द्रा प्वाल परिपछि अस्पताल भर्ना भएकि नरमाया बिष्ट महत icu मा रहेकी छिन । २३ डिस्म्बरमा उपाचारको लागी भर्ना भएकि नरमायाको स्वास्थमा कहीले सुधार आउने हो केही पत्तों छैन ।

उता विगत झन्डै एक महिनादेखी ब्रेन ट्युमर जस्तो प्राणघातक रोग संग कुवेतको IBN-SINA हस्पिटलको शैयामा लडिरहेकी धादिङको बुद्ध कुमारी राई गुरुङको अवस्था भने नाज़ुक नै छ ।
हामीसबैलाइ अवगत नै छ १ लाखको हाराहारीमा नेपालीको जनसंख्या रहेको यस कुवेतमा संघ संस्था मात्र ७० भन्दा माथि छन । जुनसुकै नाम दिएर खोलिएका प्रवासका सबै संघ संस्थाहरुको उद्देश्य एउटै हो “समाज सेवा “ । छिटपुट मात्रमा केही संघ सस्थाले यता ध्यान दिएपनि प्राय संघ संस्था भने खाना, गाना र बजाना तिरै बढ़ी केन्द्रित भएको पाइन्छ । यहा सम्मकि नितान्त श्रमिकहरु कै हक़ र हितको लागी खोलिएका संघ संस्थाका प्रतिनिधि पनि प्रेत्यक शुक्रवारे कार्यक्रम समारोहमा सहभागी हुन तल्लिन देखिन्छ भने मिडियाक्रमि चै लाइभ र हातमा क्यामेरा बोकेर फोटो खिच्दै अघी पछि ।

समाजमा राजनीतिक ,सामीजिक, सांस्कृतिक गतिबिधी हुनु अनिवार्य छ । साथै दुखित ,पिडित श्रमिकहरुको सहयोग पनि अपरिहार्य नै हुन आउछ । तसर्थ समाजमा कृयाशिल सवै संघ संस्था तथा मिडियाक्रमि मिलेर कम्ति महिनाको एक पकट मात्रै भएपनि अस्पतालको निरीक्षणको कार्यक्रम तय गरि अगाडी बढ़्न सके दुखित, पिडित असहायलाई केही राहत मिल्थ्यो की ?

          January 15, 2019 10:39 am | प्रवास,समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...