

दिपक सिंह ठकुरीका हत्यारा पक्राउ परे संगै ठकुरी सहयोग संजालद्वारा प्रहरीको प्रसंशा

बाँके – जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा घाँटी रेटेर हत्या गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । गत पौष २८ गते शनिवार बिहान कोहलपुरको नयाँ बसपार्क नजिक घाटी रेटेर हत्या गरिएको अबस्थामा फेला परेका सुर्खेत सिम्ता गाउँपालिका २ काफलकोटका २१ बर्षिय दिपक सिंह ठकुरीको हत्यामा संलग्न २ जनालाई बर्दिया र सुर्खेतबाट फक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अछाम हिज्मा गाउँपालीका वार्ड नं. ६ का भरत बहादुर शाही र बाँकेको राप्ती सोनारी २ का जिरे भनिने युवराज गिरी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उता प्रहरीले हत्यारालाई पक्राउ गरे संगै ठकुरी सहयोग संजाल प्रदेश ५ र कर्णाली प्रदेशले प्रहरी प्रशासन तथा कोहलपुरका डिएसपी रमेश बहादुर सिंहको प्रसंशा गरेको छ ।
संजालका कर्णाली प्रदेश प्रमुख देब बहादुर शाहीले उक्त कुरा बताउनुभयो । घटना प्रती हाम्रो चासो थियो। संजालले हत्यारालाई पक्रन र कडा भन्दा कडा कार्वाहीको माग गर्दै घटनालाई हामीले नजिकबाट नियालेका थियौं र प्रहरीले उच्च प्रसंशाको काम गरेको छ ‘- ठकुरी सहयोग संजाल प्रदेश ५ का प्रमुख संयोग जंग शाहले बताउनुभयो ।
January 16, 2019 10:01 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

