निरेमद्वारा संकलित कपड़ा चेपाङ समुदायलाई हस्तांतरण
कुवेत -आफै कमाउनु र आफै खानु यो प्रकृति हो ,अरुले कमाओस तपाइले खोसेर खानु यो विकृती हो तर आफू कमाउनु र अरुलाई पनि खुवाउनु यो नेपाली संस्कृती हो। प्राय सबैजसो नेपालीहरुको मन यहि संस्कृति संग जोडिएको छ । देश होस या परदेश हामी जहाँ रहेपनि सेवाको भावनालाई आत्मसात गर्दै आएका छौ ।

प्रवासको भुमिबाट अर्थात कुवेतबाट प्राय सबैले कुनैपनि दैविक प्रकोप लगायत भइपरि आउने यावत समस्याहरुमा आर्थिक सहयोग गर्दै आएको अवस्थामा निरेम प्रोडक्सनले केही पृथक कार्य गर्ने सोच सहित मकवानपुर जिल्लामा रहेका चेपाङ समुदायलाई मध्यनजर गर्दै “न्यानो बाढ़ौ”अभियान सन्चालन गर्यो ।गत अक्टूबर १५ देखि नोभेम्बर ३० सम्मै चलेको उक्त अभियानमा कुवेत रहनुभएका सामाजीक अभियन्ताका साथै तमु समाज कुवेतले न्यायो अभियानको लागी हामीलाइ कपड़ा संकलनमा सक्दो सगयोग गर्यो ।

र TVS काग्रोको विषेश सहगोयले संकलित कपड़ा नेपाल पठाउन सफल भयौ । करिव ३ महिनाको अथक प्रयास पछि गत सोमवार कैलाश गाउपालिका -८ मकवानपुरका चेपाङ समुदायलाई मनहरि यूवाक्ल्वको सहयार्कमा कुवेतबाट संकलित ७ सय थान कपड़ा हस्तान्तरण गरि “न्यानो बाढौ “ अभियानको समापन गरियो ।

मनहरि यूवाकल्बका अध्यक्ष समिप श्रेष्ठ , कैलाश गा.पा कि उपाधक्ष्य सुरु माया थिगं लयागत “न्यानो बाढौ”अभियानको परिकल्पना गर्ने निरेमका सदस्य शुरेश थिगं , कपड़ा संकलन गरि हस्तांतरण गर्ने कुवेत कृयाशिल सामाजीक अभियन्ता लगायत यस अभियानमा आर्थिक , भौतिक तथा नैतिक सहयोग गर्ने सम्पूर्ण प्रति निरेम प्रोडक्सन कुवेत परिवार कृतज्ञ छ।
January 17, 2019 11:39 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण