निरेमद्वारा संकलित कपड़ा चेपाङ समुदायलाई हस्तांतरण
कुवेत -आफै कमाउनु र आफै खानु यो प्रकृति हो ,अरुले कमाओस तपाइले खोसेर खानु यो विकृती हो तर आफू कमाउनु र अरुलाई पनि खुवाउनु यो नेपाली संस्कृती हो। प्राय सबैजसो नेपालीहरुको मन यहि संस्कृति संग जोडिएको छ । देश होस या परदेश हामी जहाँ रहेपनि सेवाको भावनालाई आत्मसात गर्दै आएका छौ ।

प्रवासको भुमिबाट अर्थात कुवेतबाट प्राय सबैले कुनैपनि दैविक प्रकोप लगायत भइपरि आउने यावत समस्याहरुमा आर्थिक सहयोग गर्दै आएको अवस्थामा निरेम प्रोडक्सनले केही पृथक कार्य गर्ने सोच सहित मकवानपुर जिल्लामा रहेका चेपाङ समुदायलाई मध्यनजर गर्दै “न्यानो बाढ़ौ”अभियान सन्चालन गर्यो ।गत अक्टूबर १५ देखि नोभेम्बर ३० सम्मै चलेको उक्त अभियानमा कुवेत रहनुभएका सामाजीक अभियन्ताका साथै तमु समाज कुवेतले न्यायो अभियानको लागी हामीलाइ कपड़ा संकलनमा सक्दो सगयोग गर्यो ।

र TVS काग्रोको विषेश सहगोयले संकलित कपड़ा नेपाल पठाउन सफल भयौ । करिव ३ महिनाको अथक प्रयास पछि गत सोमवार कैलाश गाउपालिका -८ मकवानपुरका चेपाङ समुदायलाई मनहरि यूवाक्ल्वको सहयार्कमा कुवेतबाट संकलित ७ सय थान कपड़ा हस्तान्तरण गरि “न्यानो बाढौ “ अभियानको समापन गरियो ।

मनहरि यूवाकल्बका अध्यक्ष समिप श्रेष्ठ , कैलाश गा.पा कि उपाधक्ष्य सुरु माया थिगं लयागत “न्यानो बाढौ”अभियानको परिकल्पना गर्ने निरेमका सदस्य शुरेश थिगं , कपड़ा संकलन गरि हस्तांतरण गर्ने कुवेत कृयाशिल सामाजीक अभियन्ता लगायत यस अभियानमा आर्थिक , भौतिक तथा नैतिक सहयोग गर्ने सम्पूर्ण प्रति निरेम प्रोडक्सन कुवेत परिवार कृतज्ञ छ।
January 17, 2019 11:39 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा