तातोपानी बन्दरगाह निर्माण अन्तिम चरणमा
सिन्धुपाल्चोक, ३ माघ । नेपाल र चीनबीचको उत्तरी सीमा तातोपानी नाकामा बन्दै गरेको बन्दरगाहको निर्माण अन्तिम चरणमा पुगेको छ । चीन सरकारको एक अर्ब २० करोड रुपियाँ लगानीमा निर्माण हुँदै आएको बन्दरगाहको ९० प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भएको छ ।
चिनियाँ ठेकेदार निर्माण कम्पनी सीआरसीसीले दिएको जानकारी अनुसार बन्दरगाहमा रहने भन्सार, क्वारेन्टाइन, गोदाम, जाँचपास यार्ड, चेकपोष्ट, बैङ्क, आवास निर्माण, ग्राउन्डलगायतका संरचना निर्माण सम्पन्न भएका छन् । गोदाम घरमा १५८ ठूला कन्टेनर एकैचोटी राखेर जाँचपास गर्न सकिनेछ ।भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले चीनले मे महिनामा नाका खुलाउन बन्दरगाह निर्माण कार्यलाई तीव्र ढङ्गमा अगाडि बढाइएको बताउनुभयो ।
अत्याधुनिक उपकरणबाट बन्दरगाह निर्माण कार्य हुँदै आएको छ । भोटेकोसी गाउँपालिका लार्चामा निर्माण भएको बन्दरगाहमा जोड्ने पुलको दुई साइडमा जिप तयार गरी पुल हाल्ने तयारी पनि अन्तिममा पुगेको छ । सीआरसीसीका नेपाली भाषा अनुवादक रामकृष्ण दुलालका अनुसार बन्दरगाहको माथिल्लो क्षेत्रमा बन्ने पार्किङ र बन्दरगाह जोड्ने पुलको निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । बन्दरगाह अन्तर्राष्ट्रिय मापदण्डअनुरुप निर्माण भइरहेको छ ।
२०६९ पुसबाट बन्दरगाह निर्माण सुरु गरिएको थियो । यो बन्दरगाह सन् २०१९ मा निर्माण सम्पन्न गरी चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको छ । २०७१ साउन १७ गतेको जुरे पहिरो, २०७२ असारको भोटेकोसी बाढी र २०७२ बैशाख १२ गतेको भूकम्पले बन्दरगाह निर्माण कार्य ठप्प भएको थियो ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेदबहादुर श्रेष्ठका अनुसार चीनको सहयोगमा बन्दरगाह, बाह्रबिसे–तातोपानी सडक, मितेरी पुल पुनःनिर्माण भइरहेको बताउनुभयो । पाँच वर्षदेखि पूर्ण बन्द भएको तातोपानी नाका खुलाउन चिनियाँ पक्षले उक्त काम तीव्र ढङ्गले निर्माण गरेको उहाँले बताउनुभयो ।
January 17, 2019 12:05 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव