काँचको चुरा र सिन्दुर महिलाले लगाउनु पर्ने वैज्ञानिक कारण यस्तो छ !
हिन्दु महिलाको पहिरिने सिन्दुर, चुरा, मंगलसुत्र, औठी र पाउजुलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् । यतिसम्मकी आफ्ना बुज्रकहरुको भनाइलाई धारणा बनाउँदैं महिलाहरु पनि फेसनका रुपमा यी गहनाहरु पहिरिने गरेका छन् । तर, सिन्दुर, मंगलसुत्र, चुरा, औठी र पाउजुसँग जोडिएको वैज्ञानिक सत्य निकै कम मानिसहरुलाई मात्र थाहा छ ।
काँचका चुरा लगाउने वैज्ञानिक कारण : विवाह गरेकी महिलालाई काँचका चुरा लगाउनु शुभ मानिन्छ । नयाँ दुलहीको चुराको आवाजले उनको उपस्थितीको आभासलाई थाहा पाउन सकिन्छ । तर, यसका पछाडि एक वैज्ञानिक कारण लुकेको छ । वास्तवममा काँचमा सात्विक र अंश प्रधान रुपमा रहेको हुन्छ । जसका कारण चुरा आपसमा टक्रराएपछि जुन आवाज पैदा हुन्छ, त्यसले नकारात्मक उर्जालाई टाढा भगाउँछ ।
किन लगाइन्छ सिन्दुर ? : सदियौंदेखि विवाहिता हिन्दु महिला सिउँदोमा सिन्दुर लगाउँदैं आएका छन् । सिन्दुर शिरलाई दुई भाग पारेर बीचौ हिस्सामा लगाइन्छ । यस विन्दुलाई महत्वपूर्ण र संवेदनशील मानिन्छ । यस ठाउँमा सिन्दुर लगाउनाले सधैं सर्तक र सक्रिय रहने वैज्ञानिक कारण रहेको छ । वास्तवममा सिन्दुरमा ‘मर्कती’ हुन्छ जो एकमात्र यस्तो धातु हो जो तरल पदार्थका रुपमा पाइन्छ ।यही कारण हो कि सिन्दुर लगाउँदा शितलता मिल्छ र दिमाग तनावमुक्त हुन्छ । सिन्दुर विवाहपछि लगाइन्छ किनकी मानिन्छ विवाहपछि महिलाको जिम्मेवारी बढ्छ र दिमागलाई शान्त र ब्यवस्थित राख्न जरुरी हुन्छ ।
मंगलसुत्रको पहिरनसँग जोडिएको वैज्ञानिक कारण : मानिन्छ कि मंगलसुत्र लगाउनाले रक्तचाप नियमित हुन्छ । भनिन्छ कि हिन्दु महिला धेरै शारिरीक श्रम गर्ने भएकाले उनीहरुको ब्लड प्रेसर नियन्त्रित हुन आवश्यक छ । जानकारहरु सल्लाह दिने गरेका छन्, मंगलसुत्र लुकाइएको हुनुपर्छ । यसका पछाडिको विज्ञान के छ भने मंगलसुत्र शरीरसँग टच हुनुपर्छ ताकि उसले धेरै भन्दा धेरै प्रभाव पार्न सकोस ।
कानमा पहिरिने बाली र झुम्काको विज्ञान : कानमा झुम्का, बाली आदि पहिरिनु फेसन होइन । यसको शरीरको अंगमा समेत प्रभाव पर्छ कानमा प्वाल बनाएर त्यसमा केही धातु लगाउँदा महिनावारी नियमित गर्नलाई सहयोगी हुन्छ ।शरीरलाई उर्जावान बनाउनका लागि इयररिङ र बढी उर्जालाई क मगर्नका लागि चाँदीका इयररिङ पहिरिने सल्लाह दिइन्छ । यस प्रकार अलग–अलग प्रकारका स्वास्थ्य समस्याका लागि अलग–अलग धातुका इयररिङ पहिरिने सल्लाह दिदैं आइएको छ ।
पाउजु पहिरिनुको विज्ञान : चाँदीको पाउजु पहिरिनाले ढाड, घुडा र कम्मरको पीडा र हिस्टिरिया रोगबाट राहत पाइन्छ ।
साथै चाँदीका पाउजु सधैं खुट्टामा राखिराख्नाले स्त्रीको हड्डीका लागि काफी फाइदाजनक हुन्छ । यसबाट उनीहरुको खुट्टाको हड्डी बलियो हुन्छ ।
खुट्टामा औठी किन पहिरिन्छन् ?: विवाहिता हिन्दु महिला खुट्टाको दोस्रो औलामा औठी पहिरिन्छन् । हिन्दीमा यसलाई ‘बिछुवा’ भन्ने गरिन्छ । किन पहिरिन्छन् खुट्टाको औलामा चक्रजस्तो औठी ? यसका पछाडि पनि वैज्ञानिक कारण लुकेको छ ।
खुट्टाको जुन औलामा औठी पहिरिइन्छ त्यसको कनेक्सन गर्भाशय र मुटुसँग हुन्छ । यसलाई पहिरिदा महिला सजिलै गर्भधारण गर्न सक्दछन् भने महिवारी चक्र पनि नियमित हुन्छ । औठी चाँदीको हुने भएका कारण जमिनबाट यसले उर्जा ग्रहण गर्दछ र पूरा शरीरमा पु¥याउँदछ ।
January 17, 2019 12:33 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी