चलचित्र “ प्रेमलीला” को ट्रेलर सार्वजनिक
गुरु प्रसाद रेग्मी
काठमाण्डौ – १० गते प्रदर्शनको तयारीमा रहेको चलचित्र प्रेमलीलाको ट्रेलर बिहिवार काठमाडौंमा आयोजित एक कार्यक्रम आयोजान गरेर सार्वजनिक गरिएको छ
अन्तर्देशीय प्रेम कथामा आधारित चलचित्रको ट्रेलरमा प्रेम भित्रका त्याग, समर्पण साथै धोका मिश्रित कथाहरू समेटिएको छ । भारतीय छोरा र नेपाली छोरी विचको प्रेम कथामा आधारित सो चलचित्रको ट्रेलरमा नायिका खड्का र नायक अलि खान विचको प्रेममा मिलन पछाडिको बिछोडलाई मुख्य रुपमा देख्न सकिन्छ भने नायिका खड्कालाई दुई भिन्न रुपमा पनि देख्न सकिन्छ । एक क्षण मायाले भरीएकी अर्को क्षण प्रेममा धोका पाएर बदलाको अवतारमा उत्रीएकी एक क्रूर युवतीको रुप देख्न सकिन्छ । ट्रेलरमा नायक मौसम खड्का सङ्ग पुनः दुख भुलाउदै रोमान्टिक क्षणमा पनि देख्न सकिन्छ ।
कार्यक्रममा डा । कृष्ण हरी बरालले आफुले सो चलचित्रमा लेखिएका दुई गितको विषय चर्चा गर्दै सम्पुर्ण चलचित्र निर्माण टिमलाइ शुभकामना दिएका थिए भने नायिका दिपशिखा खड्काले कार्यक्रममा बोल्दै एउटा चलचित्र निर्माण गर्न धेरै गार्हो हुने र एक पटक सम्पूर्ण कलाकारले चलचित्र निर्माण गर्नुपर्छ अनि बल्ल निर्माता हुनको सास्ती बुझिनेरहेछ कार्यक्रममा बोल्दै खड्काले भनिन । चलचित्र निर्माणको क्रममा आफू एउटा उदाउँदो महिला निर्मात्री भएको कारण विभिन्न समस्या बेहोर्नु परेको पनि बताइन । नायिका खड्का कै कथा, पट्कथा तथा संवाद रहेको चलचित्रलाई नानी मैया कार्की र फैजिल फिल्मसले संयुक्त रुपमा निर्माण गरेका हुन ।
पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरीयोग्राफी रहेको चलचित्रमा महेश खड्का, नवीन कार्की, र रविराज शाहको संगित , राजेश पायल राई, शोभा पाण्डे, र भारतीय गायक राजा हसनको स्वर रहेको छ भने डा । कृष्णहरी बराल र डा । सागरको शब्द रहेको छ । चलचित्रमा दिपशिखा खड्का, अलि खान, मौसम खड्का, सङ्गै, सुरज तमु, प्रभाकार शर्मा र भारतीय कलाकारहरु अर्चना शुक्ला, टुविंकल श्रीवास्तव लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
भिडियो –
January 18, 2019 2:40 am | चलचित्र,भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।