Wednesday 8th May 2024

जन्ती बोकेको बस दुर्घटना हुँदा २५ घाइते

5 years अगाडी

काठमाडौँ – दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–४ मालु भन्ने स्थानको जोगीगाउँमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । शुक्रबार बिहान साढे सात बजे जन्ती बोकेको बस स्टार्ट गरे लगत्तै सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो ।

जेथ्दे मिजारको छोराको विवाहको जन्ती बोकेको बा २ ख ३७६० नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सेते तामाङले जानकारी दिएका छन् । घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहको छ ।

          January 18, 2019 11:52 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...