जानीराख्नुहोस्, छ घण्टाभन्दा कम सुते गम्भिर रोगको खतरा
एजेन्सी, माघ । मानिसहरु रातमा सुत्नुको सट्टा मोबाइल र इन्टरनेटमा व्यस्त हुने र बिहान चाँडै उठेर कामधन्धामा लाग्ने हुँदा उनीहरुको निन्द्रा पूरा हुन पाउँदैन । यसरी हेर्दा त्यस्ता मानिसहरु औसत दैनिक चार देखि पाँच घण्टा मात्र निदाउने गर्छन् । यदि तपाई पनि यही जिवनशैलीमा अभ्यस्त हुँदैहुनुहुन्छ भने सावधान हुनुहोस् किनभने यसले तपाईको स्वास्थलाई खराब मात्र बनाउने होइन गम्भिर रोग पनि उत्पन्न गराउने खतरा हुन्छ ।
हालै एउटा शोधमा रातभरी नसुतेर बिहान चाँडै उठ्ने मानिसहरुलाई धेरैवटा गम्भिर बिरामीको खतरा रहने खुलासा भएको छ ।
त्यस्ता मानिसहरुलाई ऐथिरोस्क्लेरोसिस नामको गम्भिर बिरामीको खतरा बढ्छ । यस्तो बिरामी भएका मानिसहरुको नाडीमा प्लाक जम्छ र त्यसले उनीहरुको शरीरलाई कडा र संकरी बनाउँछ र त्यसको परिणामस्वरुप रक्त संचार कम हुन्छ । यो मुटु रोगको सबैभन्दा ठूलो कारण हो ।
चिकित्सकको अनुसार मुटुरोगबाट बच्नका निम्ति सबैभन्दा पहिले तपाईले आफ्नो न्यूनतम छ घण्टाको निन्द्रा पूरा गर्नुपर्छ । यस बाहेक निन्द्रा पूरा नहुँदा त्यसको असर हाम्रो स्वभाव र जीवनशैलीमा पनि पर्छ । निन्द्र पूरा भएन भने स्वभावमा चिडचिडापना हुन्छ, कुनै काम गर्न मन नलाग्ने हुन्छ ।
जानकारहरुका अनुसार यदि तपाईको निन्द्रा पूरा भएको छैन भने तपाई आफ्नो सप्ताहन्तमा पनि निन्द्रा पूरा गर्नसक्नुहुन्छ तर अत्याधीक सुत्नु हुदैँन भन्ने ख्याल पनि राख्नुपर्छ । यसले टाउको दुख्ने र अल्छी लाग्ने हुन्छ ।आजभोलि अधिकांश युवाहरु स्लिपिङ डिसअर्डनबाट ग्रसित छन् । यसको परिणामस्वरुप उनीहरुमा आक्रोश र हिंसा बढेको पाइन्छ साथै सोच्ने क्षमतामा पनि गिरावट आएको छ ।
January 18, 2019 12:24 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह