माेबाइलकाे पासवर्ड नदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन्
आफ्नाे माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएकी छिन् । यो घटना इन्डाेनेसियाकाे हाे ।
पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनामा घरकाे छत मर्मत गरिरहेका थिए । त्यही बेला उनकी श्रीमती इल्हाम चहयानीले उनको मोबाइलको पासवर्ड मागिन् । डेडीले पासवर्ड दिएनन् । त्यसपछि उनीहरु झगडा गर्न थाले । झगडाकै क्रममा डेडीले इल्हाममाथि कुटपिट गरे ।
स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार झगडाका क्रममा इल्हामले डेडीमाथि पेट्रोल छर्किएर आगो लगाइन् । घटनाको दुई दिनपछि गएकाे बिहीबार उनको निधन भयो ।
पूर्वी लम्बोर्क प्रहरीका अनुसार माेबाइलकाे पासवर्ड डेडीले नदिएपछि उनकी श्रीमतीले पेट्रोल भरिएको भाँडो श्रीमानमाथि खन्याइन् र आगाे लगाइन् । त्यसपछि डेडी पुरनामा नराम्ररी जले ।
उनलाई केरुआक हेल्थ सेन्टर लगियो तर दुई दिनपछि उनकाे निधन भयो । प्रहरीले उनकी श्रीमती इल्हाम चहयानीलाई हिरासतमा लिइ अनुसन्धान अघि बढाएकाे छ ।
January 19, 2019 6:27 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार