पेट दुखेमा वा पेटमा ग्यास भरिएमा उपनाउनुहोस् यि घरेलु उपचार
अधिकांशले स्वास्थ्यलाई भन्दा खानपानलाई ध्यान दिने चलन छ। यस्तो खानपानले समस्या बनाएमा गाउँघरमा भनेको वेलामा स्वास्थ्यकर्मी पाउन पनि समस्या पर्छ। खाएको केही समयपछि पनि देखिने विभिन्न स्वास्थ्य समस्याको घरेलु उपचार गर्न सकिएमा धेरै सहज हुन्छ। स्थानीय रूपमा सजिलो एवं सर्वसुलभ पाइने निम्न जडीबुटीहरू तथा आयुर्वेदिक औषधिहरू प्रयोग गर्न सकिन्छ।
कब्जियत भएमा : हर्रो, बर्रो र अमलाबाट निर्मि त्रिफला चूर्ण ३ देखि ६ ग्राम राति सुत्ने वेलामा मनतातो पानीसँग खाँदा फाइदा गर्छ।
झाडापखला लागेमा : बेलको काँचो फलको गुदी आगोमा पकाएर महसँग पाउडर (चूर्ण) ३ देखि ६ ग्राम, रस १० देखि २० मिलि सेवन गर्नाले दिसाको साथमा रगत आउने, रगतमासी हुने समस्या पनि समाधान गर्छ। साधरण झाडापखलामा जिराको धुलो ३ ग्राम प्रयोग गर्न सकिन्छ।
वाकवाकी एवं बान्ता भएमा : वाकवाकी, उल्टी हुँदा दालचिनी वा सुकमेल प्रयोग गर्न सकिन्छ। शुद्ध दालचिनी वा सुकमेलका धुलो १ देखि ३ ग्राम प्रयोग गर्न सक्नुहुन्छ। अदुवाको रस वा सुकेको अदुवाको धुलो सेवन गर्दा पनि हुन्छ।
पेट दुखेमा वा पेटमा ग्यास भरिएमा : ज्वानो धुलो ३ देखि ५ ग्राम प्रतिदिन दुईपटक कुनै खाना वा अन्य पेय पदार्थमा राखेर खान सकिन्छ। पुदिनाको रस १०-२० मिलि र लेदो १-३ ग्राम प्रयोग गर्न सकिन्छ। बोझोको चूर्ण १२५ देखि ५०० मिग्रा र टुक्रा ५०० मिग्रा प्रयोग गर्न एवं चुस्न सकिन्छ। टिमुरको धुलो अजीर्ण र ग्यास हटाउन १ देखि २ ग्राम साँझ–बिहान प्रयोग गर्दा फाइदा गर्छ। बच्चाहरूको साधारण पेट दुखाइमा, अजीर्ण, अरुचि रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ।
ग्यास्ट्राइटिक (अम्लपित्त भएमा) : अमला, मेथी, कुरिलो जराको धुलो, जेठीमधुमध्ये कुनै एक जडीबुटीको धुलो ३ ग्रामसम्म साँझ–बिहान प्रयोग गर्दा उपयोगी हुन्छ।
रुघाखोकी लागेमा : असुरोको पात वा पूmलको रस १० मिलि र सुपको रूपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ। ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग मिलाएर खाने गर्दा पुरानो खोकी लागेको समस्या समाधान हुन्छ। रुघाखोकी लाग्दा ज्वानोको झोल बनाएर खाने चलन पनि छ। यसले खकार निकाल्न मद्दत गर्छ। अदुवाको धुलो २ देखि ३ ग्राम दिनको दुईपटक श्वासप्रश्वास समस्या भएमा प्रयोग गर्ने सकिन्छ। सफा तुलसीको पातलाई पिनेर प्राप्त हुने रस (५–१० मि.लि) मा मह मिसाएर दिनको दुईदेखि तीनपटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम, आदिमा प्रभावकारी हुन्छ।
रक्तचाप बढेमा : जटामसी, निम वा सर्पगन्धा जडीबुटीको धुलो १ देखि ३ ग्राम साँझ–बिहान प्रयोग गर्दा फाइदा गर्छ। लसुनको लेदो १ देखि २ ग्राम नियमित सेवन गर्दा रक्तचाप घटाउन फाइदा गर्छ।
मधुमेह (चिनीरोग बढेमा) : चिनीरोगीहरूले मेथीको रस खाने बानी गर्दा प्रभावकारी हुन्छ। मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बिज पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ। गुर्जोको लहरा, तेजपात, बेसार आदिको धुलो ३ ग्रामसम्म नियमित रूपमा प्रयोग गर्दा फाइदा हुन्छ।
नोट :
तर कुनै जटिल स्वास्थ्य समस्या आउँदा र औषधि किनेर सेवन गर्नुपर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीहरूसँग सल्लाह गर्न जरुरी छ। आयुर्वेदिक औषधिहरू प्रयोग गर्दा खानपानलाई पनि ध्यान दिनु जरुरी छ । मधुमेह, उच्च रक्तचाप र अन्य जीर्ण रोगीहरूले आहारविहारलाई ध्यान नराखी औषधि वा जडीबुटीको धुलो मात्र सेवन गर्दा प्रभावकारी हुँदैन। जडीबुटीको विश्वासमा परेर धेरै दिनसम्म खुला रहेका, म्याद नाघेका र गन्ध एवं स्वाद बिग्रेका औषधि प्रयोग गर्दा नकारात्मक असर पर्न सक्छ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह