

हिन्दु राष्ट्र पुनःस्थापनाका लागि घरदैलो अभियान चलाउँदै राप्रपा

काठमाडौं, ६ माघ । पछिल्लो समय आफ्नो राजनीति गतिविधि तीव्र बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि घरदैलो अभियान चलाउने भएको छ । हिन्दु राष्ट्र पुनःस्थापनालाई मुल मुद्दा बनाउँदै आएको राप्रपाले जनतालाई हिन्दु धर्मको अवस्थाबारे जागृत तुल्याउने उद्देश्यले माघ ७ र ८ गते देशव्यापी घरदैलो कार्यक्रम आयोजना गर्न लागेको हो सो घरदैलो सम्पन्न गर्न सबै ठाउँमा केन्द्रीय प्रतिनिधिसमेत खटाएको छ । त्यसका लागि पार्टीका प्रमुख नेताहरू पनि जिल्ला पुगिसकेका छन् । अध्यक्ष कमल थापा मकवानपुरका विभिन्न ठाउँमा सहभागी हुनेछन् ।
बुद्धिमान तामाङ धादिङ, टंक ढकाल, उद्धब पौडेल काठमाडौं, राजेन्द्र लिङ्देन झापा र पूर्व क्षेत्रका जिल्लाहरु, धवलशमसेर राणा बाँके, महिला र युवक संगठनका अध्यक्षहरु क्रमशः कुन्ती शाही र प्रकाश रिमाल सर्लाही, महोत्तरी, भुवन पाठक, राजेश गिरी जनकपुर, हेमजंग गुरुङ, तोरणबहादुर गुरुङ र धार्मिक संगठनका अध्यक्ष पुष्पराज पुरुष सहितको टोली लमजुङ, गोरखा र तनहुँ पुगिसकेका छन् ।
खटिएका केन्द्रीय प्रतिनिधिहरु आज साँझसम्म तोकिएका ठाउँमा पुग्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।हिन्दु राष्ट्र पुनःस्थापनाका लागि माघ १३, १४ र १५ गते देशका सबै नगरपालिका र गाउँपालिकामा जनजागरण सभा गर्दैछ, जसलाई सफल पार्न राप्रपाले विभिन्न समिति बनाएको छ भने नेताहरुलाई जिम्मेवारी पनि तोकिसकेको छ ।
राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापना लगायतका मागहरू राखी फागुन ७ गतेदेखि नयाँ कार्यक्रम गर्ने सार्वजनिक गरिसकेको छ । जस अन्तर्गत राप्रपाले केन्द्रमा प्रधानमन्त्रीलाई र जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई फागुन मसान्तसम्मको अल्टिमेटम दिँदै ज्ञापनपत्र समेत बुझाउने छ भने फागुन १५ देखि ३० सम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्दैछ । सो यात्रा ताप्लेजुङदेखि शुरु भई महाकालीको कञ्चनपुर हुँदै फेरि काठमाडौं आइपुग्नेछ ।
January 20, 2019 3:30 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

