

विवेकशील साझा सद्भाव समूह – कतारको गठन

कतार – हाल पार्टी पंक्तिमा भएको हेरफेर सङ्गै विवेकशील साझा सद्भाव समूह – कतारले नयाँ कार्यसमिति गठन गरेकोछ। १८ जनबरी २०१९ का दिन बिबेकशिल साझा सद्भाव समूह – कतारको भेला दोहाको बम्बै चपाती रेस्टुरेन्टमा बसि हालको इकाइको विघटन गर्दै सन्तोष के सी को अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति र ४ सदस्यीय सल्लाहकार समिति सर्बसम्मतले चयन गरेको छ।
नव गठित विवेकशील साझा सद्भाव समूह – कतार कार्यसमितिको उपाध्यक्षमा तारा न्यौपाने, महासचिवमा दिपक कुमार बि क , सचिवमा गणेश कार्की र कोषाध्यक्षमा सुजन ढकाल चयन भएको अध्यक्ष केसिले जानकारी दिए।
कार्यसमितिको सदस्यहरुमा दिपेन्द्र श्रेष्ठ, कुलचन्द्र पौडेल, दिपेन्द्र पोखरेल र खगेन्द्र खत्री चयन हुनु भएको छ। सल्लाहकार समितिमा नारायण बिस्ट, बिमल राई, राघबेन्द्र कुमार दास र गोपाल न्यौपाने चयन हुनु भएको छ।
पार्टीको बिधान र नितिनियमभित्र रहि कतारको विभिन्न क्षेत्रहरूमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई विवेकशील साझा सद्भाव समूह – कतारको बारेमा जानकारी दिलाउदै अबाको आशा विवेकसिल साझा भन्ने मुल नाराका साथ इमान्दारिकासाथ निस्ठाको राजनिती गर्न सबै गोलबद्द हुनु पर्ने भन्दै सदस्यता बिस्तार अभियान तदरुकताका साथ अगाडि बढाउने र पार्टीको भाबी योजनाबारे छलफल गरेको जानकारी अध्यक्ष के सि ले दिनुभएकोछ
January 21, 2019 10:54 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

