Tuesday 10th February 2026

दूध र मह मिलाएर सेवन गर्नुहोस्, पाउनुहुनेछ आश्चर्यजनक फाइदा

7 years अगाडी

काठमाडौँ । दूध र मह दुवै स्वास्थ्यका फाइदा जनक छ। यी दुवैलाई एकै साथ मिसाएर खानाले यिनीहरुका गुण दुईगुणाले वृद्धि हुने विज्ञ बताउछन्।महमा हुने एन्टीब्याक्टेरियल, एन्टीअक्सिडेन्ट र एन्टीफंगलको गुणले प्राचिन कालदेखि नै महको उपयोग हुँदै आएको छ।

त्यस्तै महमा प्रोटिन, आयोडिन, फलाम, एन्जाइम एमिनो एसिड, कार्बोहाइड्रेट्स, तामा, म्यागनिज, पोटासियम, सोडियम, क्याल्सियम, क्लोरिनका साथै भिटामिनहरु ए, बी, बी-२, बी-३, बी-५, बी-६, बी-१२, सी, के र एच पनि पाइन्छ।

दूधमा पनि भिटामिन ए, बी, सी, डी क्याल्सियम, प्रोटिनका साथमा ल्याक्टिक एसिड भरपुर मात्रामा रहेको हुन्छ। यस्ता बहुमूल्य गुणहरु भएको दूध र महको मिश्रण खाँदा स्वास्थ्यमा निकै फाइदा पुग्छ। यसका फाइदाहरु यसप्रकार रहेका छन्।

पाचन प्रणालीमा सुधारः दैनिक एक गिलास दूधमा दुई चम्चा मह मिसाएर खानाले पाचन प्रणालीमा सुधार हुन्छ। कब्जियतको समस्यामा पनि यसले राहत प्रदान गर्छ।

एन्टीएजिङः दूध र महले छालामा चमक ल्याउनुका साथै शरीरलाई आराम पनि दिन्छ। प्राचिनकालदेखि नै जवान देखिनका लागि एन्टीएजिङको रुपमा दूध र महको सेवन गरिन्थ्यो।

छालाको सुरक्षाः मह र दूध दुवैमा कीटाणुनाशक गुण रहेको हुन्छ। यसले रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि गर्नुका सार्थ छालामा चमक ल्याउने र ताजापन प्रदान गर्छ।

एन्टीब्याक्टेरियलः मह र दूधले एन्टीब्याक्टेरियलको काम गर्छ। दैनिक यसको सेवन गर्नाले हानिकारक किटाणुहरुले शरीरमा आक्रमण गर्न पाउँदैनन र रुघा, खोकी आदी समस्याको सम्भावना कम हुन्छ।

अनिन्द्रा हटाउने, तागतका दिने र हाड बलियो बनाउनेः
मह र दूध मिसाएर खानाले अनिद्राको समस्याबाट छुटकारा मिल्छ। त्यस्तै दैनिक मह र दूध खानाले आन्तरिक शक्ति प्रदान गर्नुका साथै हाडहरु बलियो हुँदै जान्छन्।

          January 22, 2019 11:38 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...