प्रहरीको इन्काउन्टरमा परी ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दीपेन्द्र मारिए !
सप्तरीको रुपनी नजिकै एक जनाको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुडभेडमा दीपेन्द्र चौधरी मारिएका प्रहरीले जनाएको छ ।
प्रहरीलाई नै दीपेन्द्रले एक राउण्ड फायरिङ गरेपछि प्रहरीले पनि जवफी फायरिङ गदाृ चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।चौधरीको टाँउकोमा गोली लागेको छ।
२ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआइजी हरि पालका अनुसार ‘गस्तीमा रहेका प्रहरी माथि गोली प्रहार गरेपछि प्रहरीको जवाफी फायरमा उनको मृत्यु भएको हो। चौधरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गतसाता गोली प्रहार गरी घाइते बनाउृने ब्यक्ति पनि स्वय चौधरी नै थिए । मोटरसाइकलमा आएको उनको समूहको गोली प्रहारपछि प्रहरी हवल्दार यादव घाइते भएका थिए ।
सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका उनीमाथि गोली प्रहार भएको थियो ।चौधरीको साथबाट प्रहरीले एकथान पेस्तोल पनि बरामद गरेको जनाएको छ ।
January 23, 2019 10:53 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।