तपाईले पाप गर्नु भएको छ ? कागेश्वरी महादेव मन्दिरमा यसरि पखाल्नुस !
कागेश्वरी नेपालको राजधानीको उत्तरपुर्वी कागेश्वरी मनहरा नगरपालिका वडा नं. चौधमा अवस्थित एक धार्मिक तथा पर्यटकीय स्थल हो । यस स्थललाई कागेश्वरी महादेव मन्दिरको नामले पनि चिनिन्छ ।वर्षमा एक पटक भाद्र शुक्ल अष्टमिका दिन मेला लाग्ने यस तीर्थस्थलमा हजारौँ दर्शनार्थीहरु मेला भर्न आउँछन् । प्राकृतिक मनमोहक दृश्यसंगै शास्त्रीय नाचमा ढ्याङ्ग्रो बजाई नाचगान गर्ने दृश्य झनै मनमोहक र सूचनाप्रद हुन्छ ।
ढ्याङ्ग्रो बजाई महादेवको पुजा गर्नेमा लामा, तामाङ जातिको विशेष सहभागिता रहन्छ । साथै स्थानिय नेवार जातिले लाखे नाचको आयोजना गर्दछन । यस्तो सांस्कृतिक तथा धार्मिक महत्वको जात्रा अवलोकन गर्नका लागी साँखु, थली, जोरपाटी, सुन्दरीजल, नयाँपाटी, गागल, तथा भक्तपुर, ललितपुरबाट पनि दर्शनार्थीहरूको उल्लेखनीय उपस्थिति हुन्छ ।
यमराजको दुत कागले मान्छेलाई छुॅदा अशुभ हुने र त्यसबाट मुक्त हुन कागेश्वरी मन्दिरको पोखरीमा नुहाउनु पर्ने धार्मिक मान्यता रहेको छ । जात्राको समयमा सञ्चालन हुने विभिन्न शिविरले पनि व्यवस्थापनमा सहज वातावरण सिर्जना गर्छ ।
यस स्थलमा रहेको मन्दिरमा पुजा गर्दा तथा पोखरीमा नुहाउँदा पाप पखालिने र मुक्ति प्राप्त हुने जनविश्वास रहिआएको छ । जात्राको महत्वसंगै आर्थिक पक्ष पनि जोडिएको छ । समान खरिद बिक्रिका लागी पनि सहयोग पुग्दछ । यस क्षेत्रको विकास र संरक्षणका लागी स्थानिय तथा सरकारी तवरबाट नै पहल सुरू गरिएको छ, कागेश्वरीधामका रूपमा विकास गर्ने योजना बनाइएको छ।
January 24, 2019 12:26 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी