सरकार काँग्रेस द्वन्द्व : चिकित्सा शिक्षा विधेयकलाई लिएर भोलि संसदमा दुर्घटना हुन सक्ने
काठमाडौं – सरकारले संसदमा विचाराधीन राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले डा. गोविन्द केसीका माग शत प्रतिशत पूरा गरेको भन्दै प्रक्रियाअनुसार पारित हुने बताएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले अधिनायकवाद वा दुई तिहाईको दम्भ भने पनि संसदले विधेयक पारित गर्ने बताउनु भएको हो ।
दुई दिनको असफल प्रयासपछि भोलि बस्ने संसद बैठकमा विधेयक पेश गर्ने तयारी छ । विधेयकले गरेका व्यवस्था बुझ्दै नबुझी डा. केसी अनसन बसेको भन्दै प्रवक्ता बाँस्कोटाले प्रक्रियामा रहेको विधेयक प्रक्रियाअनुसार नै पारित हुने बताउनु भयो ।
उता, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डा. केसीसँगको सहमति विपरित ल्याइएको विधेयक पेश गर्न नै नदिने निर्णय गरेको छ । पार्टी मुख्यालय सानेपामा आज बसेको केन्द्रीय समिति बैठकले अनशनरत डा. केसीको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँदै बहुमतको बलमा विधेयक पारित गर्न खोजिए संसदीय प्रक्रिया अगाडि बढ्न नदिने चेतावनी दिएको छ ।
प्रतिनिधिसभाको सोमबार र मंगलबार बसेको बैठकमा विधेयक पेश गर्ने कार्यसूची थियो । तर, आफ्ना नेताका नाममा खोलिएका अस्पताल सरकारले खारेज गर्न खोजेको भन्दै कांग्रेसले सदन अबरुद्ध गरेपछि विधेयक पेश हुन सकेको थिएन ।
सत्तारुढ दलका नेताले तत्कालिन सभामुख रामचन्द्र पौडेलले स्थापित गरेको नजीरअनुसार मन्त्रीलाई रोष्टम जान नदिए यथास्थानबाट पेश गरेर भएपनि विधेयक पारित गराउने बताउँदै आएका छन् । तर, सभामुख कृष्णबहादुर महराले आज सञ्चारकर्मीसँग कुरा गर्दै भोलि विधि सम्मत् ढंगले नै विधेयक पारित गराउने प्रयास हुने जानकारी दिनुभयो ।
January 25, 2019 1:24 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।