दुई हात र एक खुट्टा गुमाएका कृष्ण ओलीलाई १३ लाख आर्थिक सहयोग
काठमाडौं। विद्युतीय करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका रुकमका कृष्ण ओलीलाई दक्षिण कोरियामा कार्यरत नेपालीहरुले १३ लाख ४६ हजार आर्थिक सहयोग गरेका छन्।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘कृष्ण ओली सहयोग अभियान दक्षिण कोरिया’ले सहयोगबापत संकल्न गरेको सो रकम विद्युतीय करेन्टका कारण दुई हात र एक खुट्टा गुमाएका ओलीलाई हस्तान्तरण गरिएको हो।
दक्षिण कोरियामा काम गर्दै आएका गुरुदत्त न्यौपाने, मिन विश्वकर्मा, कृश गुल्मेली बाबु, सुन्दरबाबु श्रेष्ठलगायतका अभियन्ताहरुले सो सहयोग रकम जम्मा गरेर पीडित ओलीलाई सहयोग गरेका हुन्।
कार्यक्रममा अन्नपूर्ण मिडिया ग्रुपले पनि ओलीलाई एक लाख ५४ हजार आर्थिक सहायता उपलब्ध गराएको छ। कार्यक्रममा बोल्दै ओलीले आफूलाई आर्थिक सहायता गर्नेहरुप्रति अभार व्यक्त गरे। उनले त्यस अवसरमा विद्युत र विद्युतीय जोखिमबाट बच्न पनि सबैलाई सचेत गराए।
विद्युतीय करेन्टबाट दुवै हात र एउटा खुट्टा गुमाउनु भएका उहाँलाई अमेरिकालगायतका देशमा रहेका नेपालीहरुले पनि आर्थिक सहयोग गर्दैै आएका छन्।
January 25, 2019 3:16 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै