Tuesday 10th February 2026

मौसम बदली भएको यो बेला स्वास्थ्यमा पर्ने असर र ध्यान दिनुपर्ने कुरा

7 years अगाडी

काठमाण्डौ । माघे झरीसँगै मौसम बदली भएको छ । चिसो पनि बढेको छ । यस्तो बेला शरीरलाई बदलिएको मौसममा घुलमिल हुन पनि गाह्रो हुन्छ । त्यसैले मौसमको फेरबदलले जोखिम पनि बढाइरहेको छ ।

चिसोको असर : शरीरले बहिरी वातावरणमा समायोजन हुन गाह्राे हुन्छ । पहिलादेखिको रोगी छ भने झन धेरै असर गर्छ । मुटु तथा हाडजोर्नीको समस्या छ भने बल्झिने हुन्छ । युरिक एसिड, दमलगायतका रोग छ भने बल्झिने हुन्छ । रुघाखोकी लाग्ने सम्भाबना धेरै हुन्छ । चिसोका कारण रक्तनली साँघुरिएर रक्त प्रवाहमा असर गर्ने र यसले हृदयाघातको सम्भावना बढेर जान्छ ।

चिसोबाट कसरी बच्ने ? : एकै वाक्यमा भन्दा न्यानो कपडा लगाउने नै हो । सिमेन्टको घर आफैंमा धेरै चिसो हुने भएकाले घरमा बस्दा पनि राम्रोसँग कपडा लगाउनुपर्छ । आगो ताप्ने । चिसो खानेकुरा सकेसम्म नखाने । धेरै मात्रामा झोलिलो खानेकुरा खानुपर्छ । यसमा पनि धेरै नुनिलो खानु हुँदैन । पौष्टिक खाने कुरामा जोड दिनुपर्छ । बालबालिका तथा वृद्धवृद्धालाई तेल मसाज गरिदिने । मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने । समस्या परेमा स्वास्थ्य जाँच गराउने ।

(टेकु अस्पतालका डा. शेरबहादुर पुनसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित )

          January 25, 2019 4:00 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...