यूएईविरुद्ध नेपालकाे दाेस्राे खेल आज, जित्नै पर्ने दबाबमा नेपाल
7 years अगाडी
Susma Dhakal
यूएई भ्रमणमा रहेको नेपालले आज दोस्रो एक दिवसीय खेल खेल्दैछ । पहिलो खेलमा शुक्रबार यूएईसँग तीन विकेटको पराजय भोगेको नेपाललाई एक दिवसीय श्रृङखला जित्ने आशा कायम राख्न दोस्रो खेल जित्नै पर्ने दबाब छ । यदी शुक्रबार जस्तै शनिबारको खेलमा पनि पराजित भएमा नेपालले एक खेल अगावै सिरिज गुमाउने छ ।
सिरिजमा यूएई १–० ले अघि छ । तुलनात्मक रुपमा राम्रो बलिङ गरेको नेपाललाई ब्याटिङ भने सुधार्नु पर्नेछ । नेपाली समय अनुसार सवा एघार बजे नेपाल र यूएई आईसीसी ग्लोबल एकेडेमीको मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले यूएईसँग १६ वटा एक दिवशीय खेल खेलेको छ । जसमा १२ खेल यूएईले जितेको छ भने तीन खेल नेपालको पक्षमा गएको छ । बाँकी एक खेल बराबरी भएको थियो ।
January 26, 2019 10:02 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...