Tuesday 10th February 2026

चट्याङ लागेर घाइते भएकी महिलाको मृत्यु

7 years अगाडी

अछाम । अछाममा चट्याङ लागेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। चट्याङबाट घाइते भएकी पञ्चदेवल विनायक नगरपालिका–७ का २२ वर्षीया धना रावलको शुक्रबार दिउँसो गाउँमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार यही माघ ९ गते चट्याङबाट उनको टाउको र दायाँ हातमा चोट लागेको थियो। चोट लागेर सामान्य अवस्थामा देखिएको उनको एक्कासी मृत्यु भएको प्रहरीले जनाएको छ।

चट्याङका कारण धनासहित सो गाउँका १७ घाइते भएका थिए भने अघिल्लो दिन बान्नीगढी जयगढ गाउँपालिका–५ कालिका सुगालीमा पनि १४ वर्षीया किशोरी चट्याङ लागेर घाइते भएकी थिइन्।

          January 26, 2019 5:48 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...