बिहान खाली पेट सख्खर खानुका लाभ यस्ता छन् !
सख्खर उखुबाट तयार गरिएको शुद्ध, अपरिष्कृत गुलियो हो । उखुको रसमा विभिन्न खनिज र भिटामिन हुन्छ । सख्खरलाई चिनीको निकै शुद्ध रुप मानिन्छ । सख्खर लौहतत्त्व (आइरन) को एक प्रमुख स्रोत हो र रक्तअल्पत्ता (एनिमिया) का रोगीलाई चिनीको साटो सख्खरको प्रयोग गर्न सल्लाह दिइन्छ ।
अधिकांश व्यक्तिहरुलाई चिसो मौसममा सख्खरको सेवन गर्न जानकार व्यक्तिहरुले सुझाव दिने गर्छन् । यसको प्रकृति तातो हुन्छ त्यसकारण यसले शरिरलाई तातो बनाउन मद्दत गर्छ । आयुर्वेद संहिता अनुसार यो छिटो पच्ने, रगत तथा भोक बढाउने किसिमको हुन्छ । यसबाहेक सख्खरबाट बनेका खानेकुर खाँदा विभिन्न रोगबाट राहत मिल्छ ।
जो महिला वा युवतीलाई महिनावारीका बेला पेट दुख्छ उनीहरुका लागि सख्खरको सेवन निकै फाइदाजनक हुन्छ । सख्खरले पाचनतन्त्रलाई सही राख्छ । त्यसकारण महिनावारीका बेला सख्खरको सेवन गर्नुहोस् । यसले तपाईंको पेट दुखाई कम गर्छ ।
यदि तपाईंको जोर्नी दुख्छ भने सख्खर तपाईंका लागि निकै फाइदाजनक हुन्छ । सख्खरमा भएको क्याल्सियम र फस्फरोसले हड्डी बलियो बनाउन सहयोग गर्छ । यसबाहेक नियमित रुपमा सख्खरको एउटा टुक्रा अदुवासँग खाने हो भने चिसो मौसममा जोर्नी दुखाई कम हुन्छ ।
सख्खर तपाईंको छालाको लागि पनि निकै राम्रो हुन्छ । यसले तपाईंको छालालाई स्वस्थ र आकर्षक बनाउन सहयोग गर्छ । यसले रगतबाट खराब विकार (टक्सिन) लाई बाहिर निकाल्न मद्दत गर्छ जसका कारण तपाईंको छाला चम्किलो हुनथाल्छ ।
सख्खरको प्रकृति तातो हुने भएकाले यसको सेवनले रुघा–खोकी, कफमा आराम मिल्छ । तर याद गर्नुपर्ने कुरा के छ भने रुघाखोकीमा काँचो सख्खर खानु हुँदैन । यसलाई तपाईं चिया/तातोपानीमा घोलेर वा यसको लड्डु बनाएर खान सक्नुहुन्छ ।
यसका साथै, गला खस्खसाएर आवाज बसेको छ भने ५० ग्राम सख्खरमा दुईवटा कालो मरिच मिसाएर खाँदा यो समस्यामा निक्कै राहत मिल्छ ।दमको समस्या भएका व्यक्तिलाई पनि सख्खर खाने सल्लाह दिइन्छ । सख्खरले शरिरको तापक्रमलाई नियन्त्रित गर्नुका साथै यसमा एन्टी एलर्जिक गुण हुने भएकाले दम रोगीलाई निकै राहत प्रदान गर्छ ।
January 26, 2019 5:55 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह