पूर्वराजाको सक्रियता बढ्यो, आज सीमरा जाँदै
काठमाडौं– पछिल्लो समय आफ्नो सक्रियता बढाउँदै लगेका पूर्वराजा ज्ञानेन्द्र विर विक्रम शाह आइतबार बाराको सीमरा जाने भएका छन् ।
पारिवारिक भ्रमणको लागि भन्दै शाह सीमरा जान लागेको बताइएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा गरेर राजावादीसँग भेटघाट र गोप्य छलफल गरेका ज्ञानेन्द्र शाहले सीमरामा पनि त्यस्तै खालको भेटघाट गर्ने बताइएको छ । यस्तै उनी त्यहाँ रहेका विभिन्न शक्तिपिठको दर्शनमा पनि सहभागि रहनेछन् ।
पूर्वराजा निकट स्रोतका अनुसार उनी पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित बुद्ध एयरको विमानमार्फत अपरान्ह ४ बजे सीमरा प्रस्थान गर्नेछन् । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलसँगै निजी सचिव सागर तिमल्सिना र निजी सुरक्षा गार्ड सशस्त्रका डिएसपी शिव राउत पनि सीमरामा जानेछन् ।
सिमरा स्थित प्रभु शमसेर राणाको निवासमा शाह बस्ने कार्यक्रम रहेको छ । उनी सिमराबाट पूर्वी तराईको भ्रमणमा निस्कनेछन् । पूर्व राजाको सुरक्षा सहितको सवारी साधन भने यसअघि नै सिमरा पुगिसकेको बताइएको छ । करिब दुई साता सिमरा बसाई पछि ज्ञानेन्द्र परिवार सडक मार्गबाट दमक जाने बुझिएको छ ।
January 27, 2019 10:32 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।