यी ५ उपाय मध्ये कुनै एकको प्रयोग गर्नुहोस्, हुँदैन् तपाईको कपालमा चायाँ
एजेन्सी । प्राय व्यक्ति चायाँको समस्याबाट पीडित हुने गर्दछन्। चायाँका कारण कपाल चिलाउने समस्या समेत हुने गर्दछ। धेरै चिलाउने समस्या भयोभने घाउ समेत बन्ने गर्दछ। साथै कपालको जरा समेत कमजोर हुने गर्दछन्। आज हामी तपाईलाई कुनै खास टिप्सका बारेमा जानकारी दिदैछौँ। जसको मद्दतले तपाईले चायाँको समस्याबाट छुटकारा पाउन सक्नुहुनेछ।
१) चायाँको समस्या छ भने नियमित रुपमा कपाल कोर्नुहोस्। यसो गर्दा कपालको जराबाट तेल निस्किन सहयोग पुग्दछ। यस बाहेक कपाल कोर्दा कपालको विकास पनि हुने गर्दछ।
२) चायाँ छ भने राम्रो क्वालिटीको स्याम्पुको प्रयोग गर्नुहोस्। यस्तो हेयर प्रोड्क्टको प्रयोग गुर्नुहोस्, जसमा जिंग पाइरिथिय हुने गर्दछ। यो चायाँबाट छुटकारा दिनका लागि निकै राम्रो हुने गर्दछ।
३) एरोवेलाको रसले कपालको मसाज गर्नुहोस् र एक घण्टापछि चिसो पानीले धुनुहोस्। यसो गर्दा चायाँको समस्या हट्ने गर्दछ।
४) नरिवलको तेलमा कपुर मिलाएर राख्नुहोस्। त्यसपछि नुहाउनु भन्दा १ घण्टा पहिले यसले कपालको मालिस गर्नुहोस्। नियमित रुपमा यसो गर्दा चायाँबाट छुटकारा पाउन सकिन्छ।
५) एक गिलास पानीमा ४ चम्चा बेसन मिसाएर पेस्ट बनाउनुहोस्। त्यसपछि यसलाई कपालमा लगाए १ घण्टापछि चिसो पानीले पखाल्नुहोस्। यसो गर्दा पनि कपालको चायाँबाट छुट्कारा पाउन सकिन्छ।
January 28, 2019 6:56 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह