गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा आज
काठमाण्डौ । धुर्मुस सुन्तली फाउण्डेसनको नेतृत्वमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा बुधबार हुँदैछ ।चितवनको भरतपुर महानगरपालिका रामपुरमा रहेको रामपुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जमिनमा ३० हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण हुन लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा चितवनका सांसद प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले बुधबार राष्ट्रिय सभागृमा धुर्मुस सुन्तलीको अभियानमा ऐक्यबद्धता जनाउँदै रंगशाला निर्माणको घोषणा गर्नेछन् ।रंगशाला निर्माणको घोषणा भएसँगै देश विदेशबाट सहयोग संकलन सुरु गरिने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले जानकारी दिए ।
चार महिनामा रंगशालाको डीपीआर तयार हुने बताइएको छ । त्यसपछि शिलान्यास हुनेछ र २ वर्षभित्र नेपालले पहिलो आधुनिक क्रिकेट रंगशाला चितवनमा पाउनेछ । गएको वर्षको मार्चमा जिम्बाबेमा भएको विश्वकप छनोटमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालमा सुविधासम्पन्न रंगशालाको माग गरी समर्थकहरुले अभियान नै चलाएका थिए ।
त्यसक्रममा नमूना नेपालको अभियानमा रहेका धुर्मुस सुन्तलीले त्यो अभियान रोकेर अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरेका थिए । त्यसपछि ललितपुरको गोदावरी, पोखरालगायतका स्थानमा जग्गा पहिचान भए पनि प्राविधिक कारणले नहुने देखियो ।
भरतपुर महानगरपालिकाकी मेयर रेणुदेवी दाहालको सक्रियतामा वन विश्वविद्यालयको जग्गा उपलब्ध गराएर पहिलो सुविधासम्पन्न रंगशाला चितवनले पाउन लागेको हो । धुर्मुसले नेपाली मौलिकता झल्कने रंगशाला बनाइने जानकारी दिए । रंगशाला बनेपछि यसलाई न्युट्रल भेन्यूको रुपमा पनि विकास गर्न सहज हुनेछ ।
January 30, 2019 11:28 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।