मलेसियामा कार्यरत २ हजार नेपाली श्रमिकद्वारा हडताल फिर्ता, काममा फर्कन सहमत
काठमाडौँ, १६ माघ । मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत झन्डै २ हजार नेपाली श्रमिक बुधबारदेखि काममा फर्कन सहमत भएका छन् । तीन महिनादेखि तलब नपाएपछि उनीहरू सोमबारदेखि हडतालमा थिए ।
क्वालालम्पुरस्थित नेपाली दूतावास र मलेसियाको श्रम विभागका प्रतिनिधिको रोहबरमा कम्पनीले आउँदो फागुन १६ सम्म (फेब्रुअरी २८) भित्र जनवरी महिनासम्मको न्यूनतम तलब र ओभरटाइमबापतको सबै पारिश्रमिक भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ ।
कम्पनीले नोभेम्बरसम्मको तलब सोमबार नै श्रमिकको खातामा हालिदिएको छ । डिसेम्बरको तलब फेबु्रअरी १५ र जनवरीको तलब फेब्रुअरी २८ सम्म भुक्तानी गर्ने तथा त्यसपछि पनि निरन्तर दिइरहने कम्पनीले जनाएको छ ।
कम्पनीको लिखित प्रतिबद्धतापछि नेपाली दूतावासले कामदारलाई काममा फर्किन अनुरोध गरेको थियो । ‘दूतावासले नै तलब पाउने ग्यारेन्टी गरेको छ । हामीलाई काममा फर्किन अनुरोध गरेपछि हडताल तोडेका हौं,’ खोटाङका ललित घलानले भने ।
January 30, 2019 11:37 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।