यी हुन् ८ संकेत जसबाट थाहा हुन्छ, तपाईको शरीरमा पर्याप्त मात्रामा पानी छ, छैन !
पानी बिना हाम्रो जीवन असम्भव छ । भित्री शारिरीक प्रक्रियामा पानीले महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । पानीले हाम्रो शरीरको तापक्रमलाई नियन्त्रण गर्नुको साथै पाचन प्रक्रियामा पनि सहयोग पुर्याउँदछ । त्यसैगरी यसले शरीरको अनावश्यक विषालु पदार्थलाई हटाउँदछ । त्यसैले प्रयाप्त मात्रामा पानी पिउनु अत्यन्त जरुरी छ । यदि तपाइँले प्रयाप्त मात्रामा पानी पिउनु भएनभने , धेरै कठिनाईहरुलाई झेल्नुपर्ने अवस्था आउन सक्छ ।
हामीले पिउने कफी , चिया , जुस आदिलाई शरीरलाई आवश्यक पर्ने तरलपदार्थको रुपमा मान्न सकिदैंन । झन कफि तथा पेयपदार्थमा केफीन पाईन्छ । जस्ले हाम्रो शरीरलाई सुख्खा पार्ने काम गर्दछ । तपाइँले शरीरलाई आवश्यक मात्रामा पानी पिउनुभएको छ वा छैन भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । आज हामी यसैबारे जानकारी दिन्छौं । जस्लाई निम्न ८ सङ्केतबाट जानकारी पाउन सकिन्छ ।
१) पिशाब गर्ने संख्या : स्वस्थ व्यक्तिले औसत ६–७ पटक पिशाब गर्ने गर्दछन् । कसैले धेरै पानी पिउँदछन् भने कसैले पिउँदैनन् । यहि कारणले गर्दा पिसाब गर्ने सङ्ख्या मानिसै पिच्छे फरक हुने गर्दछ । तर यदि तपाइँले २–३ पटक भन्दा कम पिशाव गर्नुहुन्छ वा धेरै घण्टासम्म गर्नुहुन्न भने , यसले तपाइँले प्रयाप्त मात्रामा पानी पिउनुभएको छैन भन्ने कुराको सङ्केत गर्दछ । प्रयाप्त मात्रामा पानीको सेवन नर्गनाले मृगौलाले मिश्रणलाई छान्ने प्रक्रियालाई राम्रोसँग गर्न सक्दैन । तसर्थ शारिरिक प्रक्रियाहरु राम्ररी सञ्चालन हुनको लागि प्रयाप्त मात्रामा पानी पिउन अत्यन्त आवश्यक छ ।
२) सुख्खा छाला : छालालाई नरम र चम्किलो बनाइराख्नको लागि पानीको आवश्यकता पर्दछ । प्रयाप्त मात्रामा पानीको सेवनले छाला स्वस्थ रहन्छ । पानीले छालालाई नरम बनाई सुख्खा हुन दिदैन । सुख्खा छाला जलविहिन अवस्थाको सूचक हो । यदि तपाइँको छालामा लोशनको प्रयोग गरेपछि पनि छाला सुख्खा रहन्छ , भने यसले शरीरमा पानी नपुगेको अवस्थाको सङ्केत गर्दछ । त्यसैले हरेक दिन प्रत्येक घण्टामा केही गिलास पानी पिउने प्रयास गर्नुहोस् । यसले तपाइँको छालालाई नरम बनाउनुको साथै स्वस्थ राख्न मद्धत गर्दछ ।
३) टाउको दुख्नु : यदि तपाइँको टाउको दुखाईको समस्या भर्याङ्गमा चढ्दा वा ओर्लिदा , निहुरिंदा , छिटो दर्गुदा झन झन बिग्रदैं जान्छ भने, यसले तपाइँको शरीरमा पानी आवश्यक मात्रामा नभएको कुराको सङ्केत गर्दछ ।
४) मुख सुख्खा हुनु : मुखमा राल निर्माणको कमीले गर्दा मुख सुख्खा हुने गर्दछ । मुख सुख्खा हुनुको कारण पानीको कमी हुनु हो । पानीको कमी भएमा यसले कम मात्रामा रालको निर्माण गर्दछ । यदि तपाइँलाई पनि मुख सुख्खा हुने समस्या भएमा १ बोतल पानी सधैं साथमा राख्नुहोस् र निरन्तर रुपमा पानीको सेवन गर्नुहोस् ।
५) पिशाबको रङ्ग : पिशाबको रङ्ग परिवर्तनले पनि शरीरमा पानीको मात्रा कम भएको सङ्केत गर्दछ । यदि तपाइँको शरीरमा प्रयाप्त मात्रामा पानी छ भने , तपाइँको पिशाब सफा देखिन्छ । त्यसैगरी तपाइँको शरीरमा पानी कम हुनासाथ तपाइँको पिशाबको रङ्ग पनि परिवर्तन हुने गर्दछ । तपाइँको पिशाबको रङ्ग गाढा भएको छ भने , यसले तपाइँले तुरुन्तै पानी पिउनुपर्नेे कुराको सङ्केत गर्दछ । तर हत्तारमा धेरै पानी पिउनु पनि राम्रो हुदैंन । यसले तपाइँलाई झन बिरामी बनाउन सक्दछ । त्यसैले विस्तारै पानी पिउनुहोस् । पानीको मात्रा हामीले पिशाबको रङगबाट थाहा पाउन सक्छौं । यसको लागि तलको चार्ट हेर्नुहोस् ।
६) भोक : तपाइँलाई भोक लागेको समयमा खानेकुरा खाँदा पनि तपाइँको भोक मेट्दैन भने , यसले तपाइँको शरीरलाई पानीको आवश्यकता भएको कुरा सङ्केत गर्दछ ।
७) रिंगटा लाग्नु : कहिलेकाहिं तपाइँको शरीरबाट धेरै तरल पदार्थ खेर गएको हुनसक्छ । यस्तो अवस्थामा पानीको कमीले गर्दा तपाइँलाई रिंगटा लाग्ने सम्भावना हुन्छ । यो अवस्था घाममा धेरै बेर बस्ने खेलाडिहरुको लागि साधारण कुरा हो । त्यसैले प्रयाप्त मात्रामा पानी पिउनु अत्यन्त जरुरी छ ।
८) अन्य लक्षणहरु : तपाइँको शरीरमा पानी नपुगेको कुरा निम्न लक्षणहरुबाट पनि थाहा पाउन सकिन्छ । मुत्रमार्गमा संक्रमण,समयभन्दा पहिला नै बृद्ध हुनु व्याकुलता,कोलेस्ट्रोलको मात्रा बढि हुनु,कब्जियत
January 31, 2019 12:06 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह