जनताले आफ्नो जिवन उकास्न भोट दिएर पठाएकाहरु, तिनै गरीब जनताको रगत चुसिरहेका छन् :रवी लामिछाने
सिधा कुरा जनतासंगका कार्यक्रमको केहि श्रृङखला अगाडि कार्यक्रम सञ्चालक पत्रकार रवी लामिछानेले कार्यक्रम मार्फत विदेश जाँदा एक सुका पनि खर्च नगर्ने, सारा खर्च विदेशमा दुख गरी कमाइ खाने नेपालीलाई गराउने अ नि स्वदेश फर्केपछी भ्रमण भत्ता लाजै नमानी क्लेम गर्ने जननिर्वाचित मन्त्रीहरु तथा राष्ट्रसेवक कर्मचारीहरुका बारे सिधा कुरा राखेको थिए ।लामिछानेले भने, ”विदेश भ्रमणको कुरा त निकै परको रैछ । ब्रम्हलुट त स्वेदेशका ठाँउ ठाँउको भ्रमणमा नै गर्न पाइने रै छ । यसो सोच्दा लाग्छ, हाम्रो मुलुकको ढुकुटी त लुट्न बनेको रहेछ ।
देश सबको साझा न हो,पाउनेले लुटीहाल्ने । हो नेपालीले चान्स पायो भने गर्ने रहेछ । कान्तीपुरमा आज प्रकासित पत्रकार मकर श्रेष्ठको रिर्पोटको रिफ्रेन्स लिदै केहि सिधाकुरा राख्न चाहान्छु ।”राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएपछी गणेश प्रसाद तिमल्सीना गृह जिल्ला पर्वत गए ।जितेको खुशीयाली साटे स्वागत र सम्मान ग्रहण गरे,२ दिन पछि फर्किएपछि गलामा फुलका गुच्क्षा,ओठमा हाँसो खल्तीमा संघिय संसदबाट दैनिक भ्रमण भत्ता वापतको ६ हजार ७ सय ५० र जहाज भाडा वापतको ९ हजार नौ सय रुपैयाँ। त्य स्तै सभामुख कृष्ण बहादुर महरा पोखरा,रोल्पा, चितवन,उदयपुर र दाङ गराए ।
गलामा माला,फुलका गुच्छा,ओठमा हाँसो अनि ९ दिनको भ्रमण भत्ता ७२ हजार ,जहाजा भाड ८६ हजार,इन्धन खर्च १ लाख ४९ हजार संसद सचिवालयले दिएको भत्ता खल्तीमा ।त्यस्तै सम्मान थाप्न देखि उद्घाटन गर्न,निरिक्षण गर्न देखि अवलोकन गर्न समेत भ्र मणमा जानेहरुमा उपसभामुख शिवमाया तुम्बाहाम्फे,उपाध्यक्ष शशीकला दाहाल लगायत उनीहरुसँगै भ्रमणमा साथै लागि जाने अन्य पदाधिकारीहरु छन् । निजी सचिवालयका कर्मचारीको खर्च उपलब्ध हुन बाँकी छ । यो देशमा लुटको धन छ र जो यसरी हरकोही फुपुको श्राद्ध गरीरका छन् । राज्यको ढुकुटी यसै पनि खोक्रो छ ।
दैनिक भ्रमण भत्ता लिएर उपत्यका बाहिर गएका संघिय संसदका पदाधिकारीहरुले जे कामका लागि बाहिर गए पनि दिन गन्तीका हिसाबले भत्ता पाउने भएर पनि होला उद्घाटन,निरिक्षण,अवलोकन,सम्मान,पुरस्कार वितरण नागरीक अभिनन्दन केहि नछुटाइ जाने परिपाटी बसेको छ।अनि त्यही खोक्रो ढुकुटीबाट कोही घर भई डेरा भाडा लिएर खाने, कोही पेट्रोल डिजेलको पैसामा छ्याकन खाने,कोही भ्रमण भत्ता भन्दै लैजाने । कोही झुक्कएिर लिदा हुन त कोही पाएको मौकामा नछोड भैरे नछोड भन्दै लिदा हुन । कोही त केही विवरण ढाकछोप गर्दै नियतबश कुम्ल्याई रहेका छन् ।
लामिछानेले भने ” जनताले आफ्नो जिवन उकास्न भोट दिएर पठाएकाहरु, तिनै गरीब जनताको रगत स्ट्र लगाइ लगाई सूरुप सूरुप चुसिरहेको दृश्य मेरो मानसपटलमा आयो ।”मतदाता दाजुभाई तथा दिदिबहिनिहरु ध्यान दिनुहोला भन्दै लामिछानेले मञ्चमा उभिएर माला लाएर ,भाषण दिने व्यतmीलाई ट्रिपल नाफा भएको बताएका छन् । रवी लामिछानेले उनीहरुलाई फाइदा यसरी पुग्छ भनेका छन् ।१ फुलै फुलको मालाले ढाकिुन हुन्छ। २ तपाईको तालीको गडगडाहट पाउनु हुन्छ ।३ यो सारा काम गरेबापत तपाईले तिरे को करको पैसा भत्ताबापत लिएर सिधै खल्तीमा हाल्नु हुन्छ ।
February 1, 2019 11:33 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव