ज्यान हत्केलामा राखेर बिजुली ल्याउन अग्रसर
रुकुम पश्चिम – घरमा विद्युत लाइन पुर्याउनलाई जनश्रमदान गरिरहेको तस्बिर हेरेरै प्रष्ट हुन्छ, उनीहरु ज्यान जोखिममा राखेरै जलविद्युत योजना निर्माणमा अग्रसर भएका छन् सानीभेरी गाउँपालिका–६, स्थित देउताखोला–मुसीगार लघु जलविद्युत आयोजना निर्माणको काममा स्थानीयवासी जोखिम मोलेर कामलाई तीव्रता दिइरहेका छन् । ठूलो पहरामा विद्युत आयोजनाको नहर निर्माण गर्नुपर्ने भएकोले काम जोखिमपूर्ण भएको हो ।
आयोजना निर्माण समितिका अध्यक्ष पहलसिंह घर्तीका अनुसार, मुहानदेखि पावर हाउससम्मको आठसय ८६ मिटरको नहर क्षेत्रमा १ सय ५० मिटर पहरा मात्र रहेको छ । पहरामा ड्रिल मेसिनले प्वाल पारेर ठूल्ठूला पाइप अड्याउनुपर्ने भएकोले ज्यानको जोखिम राखेर भएपछि स्थानीयवासी क्रियाशील छन् । अध्यक्ष घर्तीले ‘पहरो खोल्न र गह्रुँगो पाइप उचालेर अड्याउने काम बढी जोखिम छ ।
समस्याका बाबजुद दक्ष जनशक्ति परिचालन गरेर कामलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा निर्माणाधीन त्यस आयोजनाबाट १३ किलोवाट विद्युत उत्पादन हुने बताइएको छ । जसबाट यहाँका दुई सय ३५ घरधुरी लाभान्वित हुने अध्यक्ष घर्तीले बताउनुभयो ।
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको ३८ लाख ९९ हजार रुपैयाँ सहयोगमा यो आयोजना निर्माण भइरहेको छ । आउँदो चैत्र मसान्तभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको त्यस आयोजनामा कूल लागतको ४० प्रतिशत श्रमदान गर्नुपर्ने व्यवस्था रहेको छ । श्रमदान अन्तर्गत स्थानीयले सामान ढुवानी, नहर तथा पावर हाउस भवन निर्माणलगायतका कामहरु गरिरहेको अध्यक्ष घर्तीको भनाई छ । श्रमदानको लागि गाँउका महिलाहरु समेत गैँती, बेल्चा, कोदालो, हँसिया, घन बोकेर हरेक दिन नहर बनाउन अग्रसर रहेका छन् ।
February 1, 2019 1:59 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै