कुवेतमा एक नेपालीको हृदयघातबाट निधन, स्वदेशबाट फर्केको २ महिना नहुँदै सकियो सपना :
कुवेत – कुवेतमा एक नेपालीको हृदयघातबाट ज्यान गएको छ । कुवेतको यसके (SK)कम्पनीमा सवारी चालकको रुपमा कार्यरत जीवन चौधरीको बिहिबार (हिजो)बिहान निधन भएको हो । चितवन रत्ननगर नगरपालिका-८ नरकटिया घर भएका ४७ बर्षिय चौधरीको बिहिबार बिहान करिब ६ बजेतिर कम्पनिको काममा फर्कदै गर्दा बाटोमै मृत्यु भएको बिरेन चौधरीले जानकारी दिएका छन् ।
कुवेतको KPTC कम्पनीमा सवारी चालकको रुपमा ९ बर्ष पहिले कुवेत आएका जीवन चौधरी ३ बर्ष पहिले यसके(SK)कम्पनीमा गएका थिए ।सामान्य अवस्थामा कम्पनिको काममा हिडेका चौधरी अकस्मात गाडीमै ढलेका थिए । कम्पनिको गेटमा चेकजाँचको क्रममा गाडी रोकिएको समयमा सामान्य अवस्थामा कुराकानी गर्दै बसेका उनि बोल्दाबोल्दै ढलेका सहकर्मीहरुले बताएका छन् ।
प्रेसर र सुगरको बिमारले ग्रसित चौधरीले मध्यपान, धुम्रपान लगायत कुनै चिज सेवन नगर्ने पनि सहकर्मीहरुले बताए ।
वार्षिक छुट्टी सकेर गत डिसेम्बर ६ तारिख मात्र स्वदेशबाट कुवेत फर्केका चौधरीको २ महिना नहुँदै ज्यान छ । छोराछोरीको भविष्य उज्ज्वल बनाइदिने, परिवारलाई सुख र खुसि दिने भन्दै कुवेत आएका चौधरीको सपना कुवेतमै बिलाएको छ भने उनको निधनले परिवारमा संकट उत्पन्न भएको छ । कुवेतको कमाईले सामान्य जीवनयापन गर्दै आएको परिवार उनको मृत्यु पश्चात् समस्यामा परेको आफन्तले बताए ।
घटना बारे दुतावासमा जानकारी गराइसकिएको छ ।दुतावासले आवश्यक कानुनी प्रक्रिया पुरा गरि क्षतिपूर्ति सहित मृतकको शव छिटोभन्दा छिटो नेपाल फर्काउन पहल गरिने बताएको छ ।मृतक चौधरीको एक छोरा, एक छोरी र श्रीमती रहेका छन्।
#हाम्रोसन्चार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा