किरियापुत्री भवनलाई प्रधानले गरे साढे तीन लाख दान
दमौली । तनहुँको दमौलीमा बन्दै गरेको किरियापुत्री भवनका लागि व्यवसायी धु्रवकुमार प्रधानले रु तीन लाख ५१ हजार सहयोग गरेका छन्।प्रधानले उक्त रकमको चेक जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेको रोहवरमा भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई सोमबार हस्तान्तरण गरे।
प्रधानले भने, “व्यवसायबाट आर्जन भएको केही रकम सामाजिक क्षेत्रमा खर्चने इच्छाबमोजिम भवन निर्माणका लागि सहयोग गरेको हुँ।” भवन निर्माण समितिका अध्यक्ष लम्सालले भन्नुभयो, ‘शहरको साँघुरो र घना बसाइँमा काजकिरिया कर्म पारम्पारिक ढङ्गले सम्पन्न गर्न कठिनाइ भएको महुसुस गरी भवन निर्माण शुरु गरेका हौ।’उनका अनुसार भवन निर्माणका लागि मङ्सिर मसान्तसम्म रु २७ लाख ३६ हजार ८७१ प्राप्त भएको छ।
भवन निर्माण गर्न जिल्लाका विभिन्न व्यक्ति तथा सङ्घसंस्था, जिल्ला बाहिरका व्यवसायी र विदेशमा रहेका नेपालीले सहयोग गरेका छन्। भवन निर्माणमा हालसम्म रु ४८ लाख ९७ हजार ३ सय ४८ खर्च भएको छ । भवन निर्माणका लागि सहयोग आउने क्रम जारी रहेकाले कोठा थप गर्ने योजना बनाइएको छ। भवनमा कुरुवाहरु बस्ने कक्षबाहेक आठ कोठा रहेको छ।
February 5, 2019 11:13 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण