शरीरका यी अंगहरुमा परफ्युमको प्रयोगः कति खतरनाक ?
एजेन्सी –घर बाहिर निस्कनुअघि हामी सबै परफ्युमको प्रयोग गर्छौ । शरीर तथा कपडाबाट आउने दुर्गन्ध कम गर्न अथवा बास्नादार बन्न अनि व्यक्तित्वलाई निखारता प्रदान गर्न परफ्युमको प्रयोग गरिन्छ । प्रायः हामी परफ्युमको प्रयोग नाडी, कान, गला जस्ता शरीरका अंगमा गर्छौ । किनकी यी अंंगहरुमा लगाएको परफ्युम धेरैबेर टिकाउ हुने र बास्ना पनि आउने हुन्छ ।
तर, परफ्युम शरीरको अंगमा लगाउनु सही हो त ? परफ्युमको प्रयोग शरीरको कुन कुन अंगमा प्रयोग गर्दा यसको असर धेरै हुन्छ त ? शरीरका कतिपय अंगहरु निकै संवेदशील हुन्छन् भने परफ्युम केमिकलयुक्त । बास्नाको नाममा शरीरका जुनै भागमा पनि परफ्युम प्रयोग गर्नु खतरनाक सावित हुनसक्छ ।
हातमा लगाएर रगड्न हुँदैन : धेरैमा परफ्युमको प्रयोग गर्नुअघि हातमा लगाएर दुई हात रगडेर सुँघ्ने बानी छ । तर यसो गर्दा बास्नामा कमि आउने गर्छ र लामो समयसम्म पनि टिक्दैन । त्यसैले नारीमा परफ्युमको प्रयोग गर्न सकिन्छ जसले गर्दा दिनभरी टिकाउ पनि हुन्छ ।
कपालमा प्रयोग गर्नुअघि : कतिपय मानिसहरु कपालमा पनि परफ्युमको प्रयोग गर्ने गर्छन् तर यस्तो बानी तपाईंको कपालको लागि खतरनाक साबित हुनसक्छ । किनकी परफ्युममा अल्कोहलको प्रयोग भएको हुन्छ । जसको प्रयोगले कपाल सुख्खा हुने र टुक्रिने गर्छ ।
कानको पछाडि : सामान्यता महिलाहरु कानपछाडि परफ्युमको प्रयोग गर्छन् । कानको पछाडिको भाग अति संवेदनशील भाग हो । र, यो भाग सुख्खा पनि हुन्छ । परफ्युम सुख्खाभन्दा चिल्लो छालामा धेरैबेर टिक्छ । परफ्युममा भएको केमिकल र अल्कोहलले छालालाई झनै धेरै सुख्खा बनाइदिन्छ । त्यसैले कान पछाडि परफ्युम लगाउनुअघि मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।
नुहाउनेवित्तिकै : नुहाउनको लागि शावर जेलको प्रयोग गर्नु फाइदाजनक मानिन्छ । नुहाउँदा बास्नादार साबुन र शरीर पुछेर परफ्युमको प्रयोग गर्नुहोस् । यदि बास्ना लामो समय रहिराखोस् भन्ने चाहानुहुन्छ भने तातो पानीले नुहाउनुहोस् । जसले छालाका छिद« खुलाउँछ । त्यसपछि परफ्युम प्रयोग गर्दा लामोसमयसम्म पसिना गन्हाउने समस्याको समाधान हुन्छ । तर, शरीरको छालालाई नरम र स्वस्थ्य राख्नको लागि बडि लोशनको प्रयोग गर्नु उचित हुन्छ ।
प्राइभेट पार्टको आसपास : यदि तपाईं छोटो कपडा लगाउँदै हुनुहुन्छ र जाँघकोबिचमा परफ्युम लगाउँदै हुनुहुन्छ भने सावधान हुनुहोस् । उक्त भागमा परफ्युम लगाएर हिँडडुल गर्दा घर्षण हुने र चिलाउने समस्या हुन्छ ।
कपडा र गहनामा लगाउँदा : महिलाहरु कपडा र गहनामा परफ्युम लगाउँने गर्छन् । तर, परफ्युमको प्रयोगले कपडा र गहनामा खराबी आउँछ ।
काखीमूनी : कहिल्यैपनि सीधा काखीमूनी परफ्युमको प्रयोग गर्नुहुँदैन । शरीरको संवेदनशील भाग मध्ये काखीमूनीको भाग पनि संवेदनशील हुने भएकाले परफ्युमको प्रयोगले चिलाउने र पोल्ने समस्या उत्पन्न हुनसक्छ ।
February 5, 2019 12:46 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह