Tuesday 10th February 2026

किरात याक्थुङ चुम्लुङ, कुवेतको आठौं वार्षिकोत्सब तथा चौथो अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पुरा !

7 years अगाडी

कुवेत – आफ्नो भाषा, लिपी, संस्कार, संस्कृति, रीतिरिवाज, भेषभुषा साथै जातिय पहिचानलाई बचाई राख्ने उद्देश्य लिएर २०६८ सालमा स्थापना भएको किरात याक्थुङ चुम्लुङ, कुवेतको आठौं वार्षिकोत्सब तथा चौथो अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी कार्यक्रम संयोजक हरि लावतीले दिनु भएको छ ।

उक्त कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पार्नको लागि कुवेतमा क्रियाशिल संघ सस्था, पत्रकार, समाजसेवी, बुद्धिजीवी, कलाकार, खेलाडि लगायत सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई निमन्त्रणा गरीसकिएको भएता पनि कथंकदाचित प्राविधिक कारणले निमन्त्रण प्राप्त नभएमा यसै समाचारलाई निमन्त्रणा सम्झी कार्यक्रममा सहभागी भई कार्यक्रमको सोभा बढाइदिनुहुन आयोजक किरात याक्थुङ चुम्लुङ कुवेतले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम आयोजना हुने :
मिति : ०८ फेब्रुवरी, २०१९ शुक्रबार
स्थान : अडोटेरियम हल, फर्वानिया
समय : मध्यान्ह १२:०० बजे ।

          February 6, 2019 1:49 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...