३३ किलो सुन तस्करी प्रकरणः ८ जनालाई थुनामै राख्न उच्च अदालतको आदेश
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २५ माघ । चर्चित साढे ३३ किलो सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेका भनिएका भुजुङ गुरुङसहित ८ जनालाई उच्च अदालत विराटनगरले थुनामा राख्ने आदेश दिएको छ । उच्च अदालत मोरङको आदेशलाई सदर गर्दै थुनामा रहेकाहरुलाई थुनामै राख्ने आदेश दिएको हो ।
थुनामा रहेका ८ जनाले उच्च अदालतमा रिहाईको माग गर्दै पुनरावेदन गरेका थिए । बिहिबार उच्च अदालतले भुजुङ गुरुङ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, कपिलराज पुरी, फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, बेनु श्रेष्ठ र डाक्टर डेभिट भनिने छिरिङ वाड्ला घलेलाई थुनामै राख्ने जिल्ला अदालतले आदेश सदर गरेको उच्च अदालत विराटनगरका रजिस्टार नारायण रेग्मीले बताए ।
February 8, 2019 11:42 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...