अन्तरजातीय समन्धबाट जन्मीएको भन्दै अस्वीकार गरिएको ब्रतबन्ध राष्ट्रियता संरक्षण युवा मन्च नेपालको सक्रियतामा सम्पन्न
झापा। अन्तरजातीय समन्धबाट जन्मीएको भन्दै ब्रतबन्ध गर्न इन्कार गर्ने ब्राहमणलाई सम्झाउदै राष्ट्रियता संरक्षण युवा मन्च नेपालको सक्रियतामा ब्रतबन्ध कार्य सम्पन्न भएको छ । रत्वा माईनगरपालीका – ४ सिंगारी, मोरङका त्रिलोचन निरौलाका नाती प्रतीकको ब्रतबन्धका लागी आफन्त तथा छरछिमेकलाई समेत निम्तो गरेको अवस्थामा ब्रतबन्ध गर्न नमिल्ने बताए पछी समस्यामा परेका परिवारलाई राष्ट्रियता संरक्षण युवा मन्च नेपालको सहयोगमा ब्रतबन्ध सम्पन्न भएको हो ।
आफु समस्यामा परेको र ब्रतबन्ध रोकिने अवस्थामा पुगेको भन्दै मंचका अध्यक्ष रंजन देवकोटालाई फोन आए पछी अध्यक्ष सहित १० जना युवाहरुको समूहको सक्रियतामा ब्रतबन्ध सम्पन्न भएको छ । उक्त कार्यमा मंचका कोषाध्यक्ष तथा प्राध्यापक जीवन रिजालले बटुकका परिवार तथा उपस्थित सबैलाई बेदले कसैलाई काखा र कसैलाई पाखा नगरेको भन्दै स्वयम बेद ब्यास समेतको कथामा जोड दिदै धर्मलाई अपव्याख्या तथा संकुचित बनाउन नहुने सुझाएका थिए ।
उक्त ब्रतबन्धमा सयौले भिक्षा दान गरेका थिए भने स्थानीयले मंचको यस कार्यलाई प्रसंसनिय रहेको बताए । धर्मको नाममा हुने विकृतिलाई चिर्न पर्ने बताउदै अध्यक्ष देबकोटाले भेदभाव पूर्ण ब्यबहार गर्ने- गराउने दुवै सजग हुनुपर्ने समेत बताए । उक्त अवसरमा बोल्दै समाज सेवी तथा संस्थाका सदस्य प्रेम खड्काले “धर्म समन्धी सबैको अधिकार” भएको भन्दै कसैले पनि आफ्नो सांस्कृति वा धर्मबाट बन्चित हुन नपर्ने बताए ।
February 9, 2019 10:44 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै