नवा गायक प्रख्यात मोक्तानको ङेङ्कोर गीतको एल्बम विमोचन
अनिस तामाङ ,२८ माघ/
पछिल्लो सांगीतिक बजारमा एकपछि अर्को नयाँ प्रतिभावान गायकहरुको उदय भइरहेको छ । कोही विभिन्न टिभी कार्यक्रमको प्रतिस्पर्धाबाट उदाउँदै छन भने कोही आफ्नै एल्बम निकाले नेपाली सांगीतिक वृत्तचित्र भित्र पाइला सार्ने जमर्को गरिरहेका छन ।
यसै क्रममा काभ्रे मादन घर भइ हाल रोजगारीको शिलशिलामा युएईमा रहेका एक युवा गायक प्रख्यात मोक्तानले आफ्नो नयाँ गीति एल्बम ङेङ्कोर एक कार्यक्रमको बिच बजारमा सार्वजनिक गरेको छ ।
तामाङहरुको सामाजिक संस्था तामाङ समाज युएईले दुबईमा तामाङ संस्कृति जगेर्नाका लागि ‘तामाङ समाज युएईको शान तामाङ सांस्कृतिक तामाङ पहिचान’ भन्ने मुल नाराको साथ सोनाम ल्होछार २८५५ फाग ल्होको उपलक्ष्यमा सेलो विशेष ल्होछार साँझ–२०१९ कार्यक्रममा नै ङेङ्कोर एल्बम विमोचन गरेका थिए ।
उक्त कार्यक्रमका प्रमुख अतिथि माननीय सांसद बहादुर सिङ तामाङ र विशेष अतिथिहरु किस्पाङ गाउँपालिका नुवाकोटको अध्यक्ष छत्र लामा, सेलो गायक सन्जिव वाइबा, नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पा लगायत मञ्चमा आसन अतिथिहरुले संयुक्त रुपमा एल्बम विमोचन गरि सांगीतिक जीवन सफलताको शुभकामना दिएका थिए ।
उक्त एल्बममा मादन गाउँको, ह्याङला सोनाम ल्होछार, ह्याङला डम्फू लगायत चार ओटा गीतहरु समावेश रहेका छन् । गीतहरु ठट्यालो पाराको देखि तामाङहरुको ल्होछार सम्म गीतहरु समाबेश रहेकाले आफ्नो पहिलो एल्बमलाई दर्शकश्रोताहरुले माया गर्नेमा विश्वस्त रहेको गायक प्रख्यात मोक्तान बताउँछन् ।
उक्त कार्यक्रममा तामाङ समाज युएईका संस्थापक चार जना सदस्यहरु छत्र लामा, राम मोक्तान, विमल तामाङ, लेक योञ्जन तामाङ, नेपालबाट आमन्त्रित अतिथिहरु सांसद बहादुरसिंह तामाङ, सेलो गायक सञ्जीव वाइवालाई सामाजिक क्षेत्रमा दिएका योगदानको प्रशंसा गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने तामाङ समाज युएईमा रहि समुदायलाई दिएको योगदानको उच्च मुल्यांकन गर्दै प्रत्येक क्षेत्रीय समिति र केन्द्रबाट दुई दुइ जना सदस्यहरुलाई स्टार मेम्बर अभ दि इयर -२०१८ अवार्डले सम्मान गरेका थिए ।
दर्शकको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सेलो गायक सञ्जीव वाइवाले आफ्नो आधा दर्जनभन्दा बढी गीतहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । एउटा कुरा मनमा थियो, परदेशमा बस्ने ए हजुर, हिमाल पारी सीमाना गाउँ, आप्पलाई मेरो फ्याफुल्जि, जाडो है महिना लगायतका थुप्रै उत्कृष्ट सेलो गीतहरु प्रस्तुतिका साथमा स्थानीय कलाकारको प्रस्तुतिले माहौललाई संगीतमय बनाएका थिए ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :