कोलकाता बन्दरगाहबाट ढुवानीमा ईसीटीएस प्रणाली लागू
पर्सा । भारतको कोलकाता समुद्री बन्दरगाहबाट नेपालका लागि रेलबाट हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (ईसीटीएस) शुक्रबारदेखि लागू हुने कोलकाता पोर्टले जनाएको छ ।
नयाँ व्यवस्था लागू गर्न बिहीबार विरगञ्जमा आयोवित अन्तक्र्रिया कार्यक्रममा कोलकोता पोर्ट र हल्दीया पोर्टका उच्च अधिकारीहरू नयाँ सेवाको व्यवस्था र चुनौतीहरुको बारेमा चर्चा गरेका थिए । गएको ६ महिनादखि विशाखापटनमबाट भने ईसीटीएसको सुविधा उपलब्ध छ ।
ईसीटीएसको सुविधा जडान भएपछि कागजी कामको झन्झट सकिएको छ । यस अघि नेपाली आयातकर्ताले ८ वटा कागज पत्रमा २४ ठाउँमा हस्ताक्षर गराउनु पर्ने थियो । अब सिपीङ कम्पनीहरुले नेपाली आयातकर्ताको सामान एकै पटक बीरगञ्ज सुख्खा बन्दरगाह सम्म ल्यादिने छ । यसले गर्दा नेपाली आयातकर्ताहरुले कोलकोता पोर्टमा तिर्दै आएको शुल्कबाट मुक्ति पाउने भएका छन् ।
भूपरिवेष्ठीत राष्ट्रहरुमा सडक सञ्जाल सुरक्षित तथा ब्यवस्थित पार्न एडीबीको सहयोगमा विद्युतीय कार्गो ट्रयाकिङ्ग प्रणाली सुरु गर्न थालिएको हो । यो प्रणालीका लागि भने ३५ सय रुपैयाँ थप आयातकर्ताले ब्यहोर्नु पर्ने छ । यो प्रविधिबाट एप्स मार्फत कन्टेनर चेकजाँचको प्रक्रिया रेखदेख र कहाँ कुन अवस्थामा छ भन्ने सम्मको जानकारी पाउन सक्ने हल्दीया पोर्ट ट्रष्टका जेनरल म्यानेजर सपन अहरोयले बताउनुभयो ।
अहिले रेल्वे सेवामा मात्र लागू गरिएको यो सेवालाई सडक यातायातमा पनि लगाउनु पर्ने व्यवसायीको माग छ । उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले यो प्रविधि ट्रक तथा कन्टेनरका लागि समेत व्यवस्था हुनपर्नेमा जोड दिनुभयो ।
February 15, 2019 10:43 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण