जम्मू काश्मिरमा अर्को विस्फोट, मेजरको मृत्यु
जम्मू–काश्मीरको पुलवामामा बिहीबार भएको आत्मघाती आक्रमणको दुई दिनपछि शनिबार भारत पाकिस्तान सीमा नजिक एक विष्फोट भएको छ । विष्फोटमा भारतीय सेनाका एकजना मेजरको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रक्षा प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्दर आनन्दले बताए अनुसार यो घटना राजौरीको नौशेरा सेक्टरमा भएको थियो । ज्यान गुमाएका मेजरको नाम सार्वजनिक गरिएको छैन ।
प्रवक्ता आनन्दका अनुसार शनिबार दिउँसो तीन बजेतिर मेजर नियमित गस्तीमा थिए । त्यतिबेला उनले भर्खरै खनेको माटो देखे । उनले तत्काल जमिनको तलासी लिन थाले, अचानक त्यहाँ विस्फोट भयो । त्यहाँ विस्फोटक पदार्थ राखिएको थियो । उनकासाथ रहेका अर्का एक जवान गम्भीर घाइते भएका छन् । उनको उपचार भैरहेको छ ।
गएको बिहीबार भारतीय सुरक्षाकर्मीको एक बसमा कारबाट आत्मघाति आक्रमण भएको थियो । विस्फोटमा ४२ जना भारतीय अर्ध सैनिक बलका जवानहरुको ज्यान गएको थियो । यसलाई सबैभन्दा घातक आक्रमण मानिएको छ ।
February 17, 2019 11:16 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव