Thursday 21st August 2025

पूजा गर्दा गर्नै नहुने १० कार्यहरु हेर्नुहोस् ! झुकिएर पनि गर्नु भएमा आइलाग्नेछ दुखको बज्रपात !

7 years अगाडी

सुखी र समृद्ध जीवनको लागि देवी-देवताहरुको पूजा गर्ने परम्परा लामो समय देखी चलिआएको छ। आज पनि धेरै मानिसहरु यो परम्परामा अधिक विश्वास गर्दछन्। हाम्रो इच्छाहरू पुजाआजा गरेर पूरा हुन्छ भन्ने विश्वास रहिआएको छ , तर पूजा गर्दा केही विशेष नियमहरू पालना गर्नुपर्छ। यी कुराहरू सामान्य पूजा-आजामा पनि ध्यान राख्नुहोस्। यी कुराहरुमा ध्यान राखेमा राम्रो परिणाम पाउनु हुनेछ।

सूर्य, गणेश, दुर्गा, शिव र विष्णु, यिनीहरुलाई पन्चदेव मानिन्छ। अनिवार्य रूपमा यिनीहरुको सबै कार्यमा पूजा गरिनु पर्छ। हरेक दिन पूजा गर्दा, यी पाँचको सम्झना गरेमा सुख र सम्वृद्धि प्राप्त हुने गर्दछ।

२. शिव,गणेश र भैरवको पूजा गर्दा कहिले पनि तुलसीको प्रयोग गर्नु हुदैन।

३. दुर्गाको पूजा गर्दा कहिले पनि दुबोको प्रयोग नगर्नु होला। दुबोको प्रयोग गरि दुर्गाको पूजा राम्रो नहुने भनाइ चल्दै आएको छ।

४. सूर्य परमेश्वरको पुजा गर्दा शंखको जलको अर्घ्य दिनु हुदैन।

५. तुलसीको पातहरू पानिमा भिजाएर मात्र पूजामा प्रयोग गर्नुपर्दछ। धर्मशास्त्र अनुसार, यसो नगरी पूजामा प्रयोग गरेमा भगवानले स्वीकार नगर्ने कुरा बताइने गरिन्छ।

६. धर्मशास्त्रको अनुसार, देवीहरूको पूजा दिनमा पाँच पटकसम्म गर्नुपर्दछ। बिहान ५ बजे देखि ६ बजे सम्म, ब्रह्मा मुहूर्तमा पूजा र आरती गर्नु पर्छ। त्यस पछि, दोस्रो पटक ९ बजे देखि १० बजे पछाडि दिउँसो तेस्रो पटक दोहोर्याउनु पर्छ। यस पूजा पछि, भगवान सुत्नु हुने विश्वास रही आएको छ । फेरी ४-५ बजे पनि पूजा गर्नुपर्छ , जसले यसरि नियमित रूपमा पाँच चोटि पूजा गर्छ , ती मानिसका घरमा देवताहरुले बास गर्छन् र त्यस घरमा कहिले पनि धनको कमि नहुने मान्यता चालिआएको छ।

७ . अर्को जान्नुपर्ने कुरा के छ भन्दा,आइतबार र बुधबार पिपलको रूखमा पानी चढाउन हुँदैन। यसो गर्दा असुभ हुने भनाइ चलिआएको छ।

८. मानिसहरुले साँझ वा बिहान् भगवानको आरती गर्ने बेलामा देवताको चरणमा चार पटक आरती गर्नुपर्छ, अथवा दुई पटक , मुखमा एक वा तीन पटक आरती गर्नुपर्छ । यसो गर्दै भगवानको सबै अंगमा कम्तीमा पनि सात पटक आरती गर्नुपर्छ भन्ने मान्यता चलीआएको छ।

९. आफ्नी पत्नी अपवित्र हुँदा यदी पुरुषले छुने गरेको छ भने उसले पूजापाठ नगरेकोनै राम्रो हुन्छ। यो कुरालाई वस्ता नगरि पूजा गर्छ भने पूजा गर्द उसले जहाँ शंख बजाउछ त्यहाँबाट देवी लक्ष्मी टाढा जानछिन भन्ने कुरा धर्मग्रन्थमा उल्लेख गरिएको छ।

१०. पूजा सधैं पूर्वी वा उत्तर दिशामा नजर राखेर गर्नु पर्दछ। यदि सम्भव छ भने,बिहान ७ र ८ बजेको समयमा गर्नु धेरै उत्तम हुन्छ।

          February 17, 2019 12:08 pm | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...