ससुराद्वारा दाउराले हानेर गर्भवती महिलाको हत्या !
काभ्रेको चौरी देउराली गाउँपालिका ५ गनेटारमा गत १७ गते एक गर्भवती महिलाको निर्मम हत्या भएको छ ।१८ बर्षीया गर्भवती बिपना ढकाल चौलागाईलाई उनका ससुरा पदमलाल चौलागाईले दाउराले हानेर हत्या गरेको प्रहरी समक्ष स्वीकार समेत गरिसकेका छन् । पोस्टमार्टमको क्रममा मृतक महिला गर्भवती रहेको पुष्टि भएको हो ।
बिपन्न परिवारमा जन्मिएकी बिपनाले १५ बर्ष मै प्रेम बिबाह गरिन् । घरमा आफ्नो सम्बन्ध बारे बिपनाले माइतीमा राम्रो नै रहेको बताउदै आएकी थिइन् । तर १७ गते सामान्य घरयासी झगडामा उनका ससुरा पदमलाल चौलागाईले गर्भवती बिपनालाई चिरपट प्रहार गरी हत्या गरे र बुहारीको शबलाइ जंगलमा लगेर पुरे ।
आफन्तले दिएको सुचनाबाट प्रहरीले हत्यारा पदमलाल र शव लुकाउन संलग्न उनकी श्रीमती जमुना र र छोरी सन्तोषीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । यता बिपनाका पिता मिन बहादुर ढकालले आफ्नो छोरीको हत्यारालाइ हदै सम्मको कारबाही हुनु पर्ने माग गरेका छन् ।
बिपन्न परिवार की बिपनाको हत्यारा उम्किएला भन्ने चिन्ता आफन्तको छ । बिपनाको परिवारलाई आफन्त र गाउँलेले साथ दिंदै प्रहरीलाई हत्यारा नउम्कियोस् भन्ने चेतावनी समेत दिदै आएका छन् ।
शुक्रबार महाराजगंज शिक्षण अस्पतालमा पोस्टमार्टमको क्रममा बिपना ४ महिनाकी गर्भवती रहेको पुष्टि भएको हो । यसरी घर भित्रै एक गर्भवती महिलाको निर्मम हत्या हुनु समाजको क्रुरताको पराकाष्ठा हो।
February 17, 2019 1:06 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै