कागती प्रयोग गर्ने ७ आश्चर्यजनक तरिका, देखाउनै लाज लाग्ने हात होस् या अनुहार एक छिनमै सफाचट !
कागतीको चिया धेरै नै स्वादिष्ट हुने भएकोले प्राय सबैले यसलार्ई पिउने गर्दछन् । तर के तपाइँलाई कागतीमा हुने अरु गुणबारे थाहा छ ?
कागतीमा स्वास्थ्य र सौन्दर्यलाई प्रभाव पार्ने चमत्कारिक गुण हुन्छ : कागतीले हाम्रो कपाललाई प्राकृतिक रुपमा सुन्दर , बलियो र बाक्लो बनाउन मद्धत गर्नुको साथै छालामा पनि राम्रो असर पुर्याउँदछ । कागतीमा भिटामिन सी पाइनुको साथै एन्टिअक्सिडेन्ट गुण हुने भएकोले यसले बोसोलाई हटाउनमा पनि मद्धत गर्दछ । आज हामी तपाइँलाई सौन्दर्यताको लागि कागतीको प्रयोगबाट हुने फाईदाबारे जानकारी दिन्छौं ।
कागतीले कपाललाई चम्किलो र सुन्दर बनाउँछ : यदि तपाइँ आफ्नो कपाललाई चम्किलो र सुन्दर बनाउन चाहनुहुन्छ भने , कपालमा कागतीको रसलाई राखि घाममा सुकाउनुहोस् । सूर्यको मद्धतबाट कागतीले कपाललाई चम्किलो तथा आर्कषक बनाउँदछ राम्रो परिणामको लागि कमसेकम हप्तामा १ पटक यसको प्रयोग गर्नुहोस् ।
कागतीले तपाइँको ओंठलाई सुख्खा हुन दिदैन : ओंठलाई सुख्खा हुन नदिनको लागि तपाइँले प्राकृतिक उपायको रुपमा कागतीको प्रयोग गर्न सक्नुहुन्छ । यसको लागि सुत्नुभन्दा अगाडि ओंठमा ताजा कागतीको रसको प्रयोग गर्नुहोस् ।
कागतीलाई दुर्गन्ध हटाउनको लागि प्रयोग गर्न सकिन्छ : धेरै विशेषज्ञहरुको अनुसार कागतीलाई काखीको दुर्गन्ध हटाउनको लागि उत्कृष्ट वस्तुको रुपमा प्रयोग गर्न सकिन्छ । यसले दुर्गन्ध हटाउने मात्र नभई काखीको कालो दागलाई हटाउनमा पनि सहयोग गर्दछ । कागतीमा साइट्रिक एसिड पाईन्छ । जसले जिवाणुहरुलाई नष्ट गरी दुर्गन्धलाई हटाउँदछ । त्यसैले यसले आपतकालीन दुर्गन्ध हटाउने काम गर्दछ । यसको लागि कागतीको रसलाई जौसँग मिसाउनुहोस् । त्यसपछि यसमा अलिकति महलाई मिसाई पेस्ट बनाई लगाउनुहोस् ।
कोठ्ठीलाई हटाउनको लागि कागतीको प्रयोग गर्न सकिन्छ : कागतीले विषालु पदार्थलाई हटाउने तथा छालालाई सफा राख्ने काम एउटै समयमा गर्दछ । यसै कारणले गर्दा यसको प्रयोग कोठ्ठीको समस्याबाट छुट्कारा पाउनको लागि पनि गर्न सकिन्छ । यसको लागि आफ्नो अनुहारको छालामा कागतीलाई दल्नुहोस् । र १० मिनेट त्यसै छोड्नुहोस् । यसलाई लगाईसकेपछि घामबाट भने टाढा रहनुुहोस् । कागतीले तपाइँको छालाको चिल्लोलाई हटाई अनुहारलाई आर्कषक बनाउँदछ ।
कागतीको मद्धतबाट छालाको हेरविचार गर्न सकिन्छ : एउटा कागतीको रसलाई कपासको मद्धतले अनुहारमा लगाउनुहोस् । यसलाई तपाइँले घामभन्दा टाढा बसेर गर्नुपर्ने हुँदा यसको प्रयोग सुत्नुभन्दा अगाडि गर्नुहोस् ।
कागतीले छालाको दागलाई हटाउँदछ : छालामा विभिन्न कारणहरुले गर्दा दाग बस्न सक्दछ । जस्तै : घाउ , रोगहरु , आहार , सूर्यको किरण आदि । जस्ले हाम्रो सौन्दर्यतामा कमी ल्याउँदछ । तपाइँले आफ्नो छालाको दागलाई कागतीको मद्धतबाट सजिलै हटाउन सक्नुहुन्छ ।
यसको लागि थोरै कागतीको रसलाई दाग भएको छालामा लगाउनुहोस् । त्यसपछि यसलाई १५ मिनेटसम्म त्यसै छोड्नुहोस् । यसपछि चिसो पानीले पखाल्नुहोस् । घामले यसको असरलाई उल्टो पनि गर्न सक्ने हुँदा यसको प्रयोग सुत्नुभन्दा अगाडि गर्नुहोस् ।
कागतीको प्रयोगले नङ्गलाई सीधा र सेतो बनाउन सकिन्छ : कागतीलाई तपाइँले नङ्गलाई सीधा बनाउन तथा यसको दागलाई हटाई सेतो बनाउनको लागि पनि प्रयोग गर्न सक्नुहुन्छ । यसको लागि केही कागतीको रसलाई २ चम्चा जैतुनको तेलसँग मिसाउनुहोस् । त्यसपछि यसलाई नङ्गमा प्रयोग गर्नुहोस् ।
February 17, 2019 3:10 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन