कुवेतमा फेरि एक नेपाली युवाको निधन :
कुवेत – लम्किचुहा नगरपालिका वडा नम्बर- ५ कैलाली घर भएका गोबिन्द परियारको गत ८ शुक्रवार हृदयघातका कारण निधन भएको हो ।
रोजगारीको शिलशिलामा दुई बर्ष पहिले कुवेत स्थित अलनासर कम्पनिमा आएका परियार आफू सुतेकै ओछ्यानमा मृत भेटिएको दलित एकता संजाल कुवेतका अध्यक्ष रमेश नेपालीले जानकारी दिएका छन् ।
परियारको कुवेतको ओफ्रा स्थित कम्पनीकै क्याममा निधन भएको हो ।
मृतक गोबिन्द परियारका मामा शेर बहादुर परियारका अनुसार गत ८ तारिख शुक्रवार राति सदा झैँ खाना खाएर सुतेका उनि बिहान ड्युटी जान साथीहरुले उठाउदा ओछ्यानमै मृत भेटिएका थिए ।
आवश्यक कानुनी प्रक्रिया पूरा भैसकेकाले मृतकको शव तुरुन्तै नेपाल पठाउने कुवेत स्थित नेपाली राजदूताबासले जनाएको छ । यसैगरी कम्पनीसंग समन्वय गरेर क्षतिपूर्तिका पहल गरिसकेको दूताबासका द्दितिय सचीव ज्ञान बहादुर मगरले जानकारी दिए । – हाम्रो सन्चारबाट
February 17, 2019 10:33 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन