आज – ०८ फाल्गुण २०७५ बुधवारको राशिफल
आज – ०८ फाल्गुण २०७५ बुधवारको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसरपनि जुट्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमापनि कमी आउनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सामाजिक काममा व्यास्त हुने समय रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दु:ख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । – ज्यो.प. नारायणप्रसाद दुलाल
February 20, 2019 3:39 am | राशिफल
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन