सुडानमा शान्ति सेनामा खटिएकी नेपाली चेली भन्छिन् ‘खतराको बीचमा खुसी छु’ (भिडियो)
काठमाडौं – संयुक्त राष्ट्रसंघले विभिन्न देशमा संचालन गर्ने शान्ति स्थापनाका मिशनमा नेपाली सेनाले सहभागिता जनाउन लागेको लामो समय भयो । पछिल्लो सममय यसरी संयुक्त राष्ट्रसंघका विभिन्न मिशनहरुमा नेपाली सेनाका महिला अधिकृत तथा जवानहरुले पनि सहभागिता जनाउन थालेका छन् ।
यस्तै मिशनमा दक्षिणी सुडानमा खटिएकी नेपाली सैनिक मिना थापाको विषयमा संयुक्त राष्ट्रसंघको संस्था युनिफिडले एक छोटो डकुमेन्ट्री तयार पारेको छ ।
युनिफिडको वेबसाइटमार्फत सार्वजनिक भएको यो भिडियो साग्री ३ मिनेट १५ सेकेण्डको छ । भिडियोमा मिशनमा खटिएका नेपाली महिला सैनिकहरुको सैन्य अभ्यास, दिचर्या र उनीहरुको अनुभव समेटिएको छ ।
मिना थापालाई केन्द्रविन्दुमा राखेर बनाइएको भिडियोमा मिनाले आफ्ना पिता पनि सेनामा रहेकोले आफूलाई सानैदेखि सेनामा काम गर्ने इच्छा भएको बताएकी छिन् । काममा चुनौती भए पनि समाजमा शान्ति स्थापना गर्ने महान काममा आफूले योगदान गर्न पाएकोमा आफू निकै खुसी भएको उनले बताएकी छिन् । हेर्नुहोस् भिडियो सामग्री
February 20, 2019 1:29 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण