सुडानमा शान्ति सेनामा खटिएकी नेपाली चेली भन्छिन् ‘खतराको बीचमा खुसी छु’ (भिडियो)
काठमाडौं – संयुक्त राष्ट्रसंघले विभिन्न देशमा संचालन गर्ने शान्ति स्थापनाका मिशनमा नेपाली सेनाले सहभागिता जनाउन लागेको लामो समय भयो । पछिल्लो सममय यसरी संयुक्त राष्ट्रसंघका विभिन्न मिशनहरुमा नेपाली सेनाका महिला अधिकृत तथा जवानहरुले पनि सहभागिता जनाउन थालेका छन् ।
यस्तै मिशनमा दक्षिणी सुडानमा खटिएकी नेपाली सैनिक मिना थापाको विषयमा संयुक्त राष्ट्रसंघको संस्था युनिफिडले एक छोटो डकुमेन्ट्री तयार पारेको छ ।
युनिफिडको वेबसाइटमार्फत सार्वजनिक भएको यो भिडियो साग्री ३ मिनेट १५ सेकेण्डको छ । भिडियोमा मिशनमा खटिएका नेपाली महिला सैनिकहरुको सैन्य अभ्यास, दिचर्या र उनीहरुको अनुभव समेटिएको छ ।
मिना थापालाई केन्द्रविन्दुमा राखेर बनाइएको भिडियोमा मिनाले आफ्ना पिता पनि सेनामा रहेकोले आफूलाई सानैदेखि सेनामा काम गर्ने इच्छा भएको बताएकी छिन् । काममा चुनौती भए पनि समाजमा शान्ति स्थापना गर्ने महान काममा आफूले योगदान गर्न पाएकोमा आफू निकै खुसी भएको उनले बताएकी छिन् । हेर्नुहोस् भिडियो सामग्री
February 20, 2019 1:29 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :