चर्चित पप गायिका मेलिना राई र गायक रमेश राज भट्टराईले छमछमी नचाए कुवेतवासी नेपालीलाई
माधब शाही
कुवेत – अहिलेकी निकै नै चर्चित पप गायिका मेलिना राई र पछिल्लो समयमा अत्याधिक माग भएका गायक रमेश राज भट्टराईले कुवेतवासी नेपालीलाई छमछमी नचाएका छन् ।
चितवन सेवा समाज कुवेतको आयोजनामा कुवेतको जिलिब स्थित नोटिमघाम ब्रिटिश स्कुलमा सुक्रवार आयोजित चितवन धमाका -३ साँस्कृतिक कार्यक्रममा नेपालबाट आएका गायिका मेलिना राई र गायक रमेश राज भट्टराईले गीत गाएर कुवेतवासी नेपाली दर्शकलाई नचाएका हुन् ।

पप गायिक मेलिना राई र गायक रमेश राज कुवेत आउने थाहा पाएपछी कुवेतवासी नेपाली हरु उनीहरुको लामो समय देखी प्रतिक्षामा रहेका थिए । सुक्रवार जिलिब स्थित कार्यक्रम हलमा उनीहरुको प्रस्तुति हेर्न दर्शक/श्रोताको भीड लागेको थियो ।

रमेश राज भट्टराई साँझ ३ बजे तिर स्टेज उक्लले बित्तिकै उनले गुनगुनाई हाले देश भक्ति गीत ” मेरो देशको शिर झुक्न दिने छैन , मेरो आमाको छाती दुख्न दिनेछैन ” यो गीत गाउँदै गर्दा दर्शक भाबुक भएका थिए । नेपाली झण्डा काँधमा बोकी , कालो पाइन्ट रातो ज्याकेटमा सजिएका गायक भट्टराईले ” बबाल भो , बबाल भो” बोलको गीत सुनाउँदै गर्दा नाच्नेहरुको घुइँचो लागी सकेको थियो । जब उनले ” बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई , गीत गाए कार्यकर्तालाई दर्शक हरुको भिड व्यवस्थित गर्न हम्मे-हम्मे पर्यो ।दर्शक हरुको वन्स मोर ! वन्स मोर ! अनुरोधले सोही गीत २ चोटी सम्म गाएका थिए । गायक भट्टराईले आफु दर्जन भन्दा बढी देश घुमिसकेको र सबै भन्दाधेरै मायाँ कुवेतमा पायको बताउँदै कुवेतका नेपाली दर्शकहरु प्रति आभार प्रकट गरेका थिए । उनले ‘ मेरी नथिया वाली…’, ‘ बबाल भो , बबाल भो ….,’ ‘ तिमी लास्टै राम्री छेउ र पो , फिदा भाको छु …,’ ‘नाच नाच कम्मरै भाच , जो नाच्छ उही धेरै बाँच्छ …,’ ‘ पन्चे बाजाका गीत … ‘ लगायतका थुप्रै गीत गायर दर्शकलाई नचाएका थिए ।

मेलिना राईले पहिलो प्रस्तुती स्वरूप ‘ तिमी बाटो फेरेउ अरे , अर्कै लाई रोजेउ अरे ….’ बोलको गीत पस्केकी थिइन् । गायिका राईले ‘ हावा चल्यो सिरीरी ….’उनको निकै चर्चित गीत ‘ छल छल छल्केयो पानी ….’, ‘ कसरी …कसरी ….’, ‘ गोजीमा दाम छैन , गोजीमा सुको नहुने मान्छे काम छैन ….’, ‘ सि व डब्लुकाउ ….’, कुटुमा कुटु सुपारी दाना ….,’ लगायत थुप्रै गीत गायर दर्शक हरुलाई छमछमी नचाईन । उनले कुवेतमा काम गर्ने सम्पूर्ण नेपाली हरुको मिहेनत प्रतिप्रशंसा गरेकी थिईन् ।
कुवेतका चिर परिचित कलाकारहरु सोम रसाइली , शिर्जना पाण्डे , रमेश तामाङ, अन्जु सुनुवार , कुमार तामाङ , सुनिता तामाङको प्रस्तुतिले कार्यक्रममा थप रौनक थपेको थियो ।

चितवन सेवा समाज कुवेतका अध्यक्ष नबिन लोप्चनको सभापतित्वमा सम्पन्न चितवन धमाका -३ साँस्कृतिक कार्यक्रममा नेपाली राजदुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माको प्रमुख आतिथ्य रहेको थियो भने बिशेष अतिथिमा गैर आवसिय नेपाली संघ कुवेतकी अध्यक्ष शुमित्रा पौडेल , नेपाल पत्रकार महसंघ कुवेत साखाका अध्यक्ष हरीकृष्ण न्यौपानेको रहेको थियो ।

कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु बुद्दिजिबी , समाजसेवी कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

संस्थाका बरिष्ठ सल्लाहकार इन्द्र पोखरेलले स्वागत मन्तब्य राखेका थिए ।पहिलो चरणको औपचारिक कार्यक्रम दिल पाख्रिन र उमिना मगरले संचालन गरेका थिए भने दोश्रो चरणको साँस्कृतिक कार्यक्रम सुरेश ग्यवा तामांङले संचालन गरेका थिए ।

कार्यक्रम सभापती , प्रमुख अतिथि र बिशेष अतिथिको सामुहिक रुपमा पानसमा दिप प्रजलन गरी कार्यक्रमको उद्घाटन गरीयको थियो भने नेपाली राष्ट्रियगीत बाट कार्यक्रम लाई अगाढी बढाईएको थियो ।


गैर आवासीय नेपाली संघ कुवेतकी अध्यक्ष सुमित्रा देवी पौडेल , नेपाल पत्रकार महसंघ कुवेत साखाका अध्यक्ष हरीकृष्ण न्यौपाने , नेपाली राजदुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा लगायतले सुभकामना मन्तब्य राखेका थिए ।

चितवन सेवा समाजका सल्लाहकार सुरज मास्केले चितवनको बारेमा भौगोलिक अवस्था र पर्यटकिय स्थलको बारेमा ब्याख्या गरेका थिए ।

कवियत्री श्रीजना पाण्डेले चिवनको बारेमा गजल वाचन गरेको थिइन् । अतिथी कलाकारहरु लाई पन्चे बाजाले स्वागत गरियको थियो । कार्यक्रममा अतिथिकलाकार र स्थानिय कलाकार लाई प्रमाण पत्र र खादाले सम्मान गरियको थियो ।

चितवन धमाका -३ साँस्कृतिक कार्यक्रमका सभापती नबिन लोप्चनले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपक्षा गर्दै कार्यक्रम समापन भयको घोषणा गरेका थिए।






February 23, 2019 2:47 pm | टप,प्रवास,फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन