पत्रकार नैनकला राई सहितको टिमले गर्यो अनाथ बाबलिकालाई सहयोग
फेब्रुअरि २३ काठमाणडौ । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत परदेशी खबरका प्रधान सम्पादक नैनकला राई लगायत साथिहरु माया साम्पाङ राई, बैजन्ति राई, बेलायत नागरिक अफिसर ट्रेसी डेम्पसटर र नेपाल बासिन्दा आफ्न्त जेसिका थुलुङ राईले स्युक्तरुपमा रक़म जम्मा गर्दै समाजसेवि एवं पत्रारकार राई आफ्नो छोटो छुट्टिको समयमा राजधानीको नयाँ बानेश्वोर संगम चोक स्थित नयाँ नेपाल समाज केन्द्रमा रहेका अनाथ बालबालिकाहरुलाई लगभग ४० हज़ार रकमको चामल, दाल, तेल, लुगा धुने पाउडर साबुन र चाउचाउ जस्ता अत्यावश्यक समाग्री खाध्यन्न राईकी ममतामयी आमा उमासरी राईको हातबाट प्रदान गरेका छन्। राई यो भन्दा २ बर्ष पहिले पनि यहि संस्थामा ब्याक्तिगतरुपमा खाधन्न र लत्ताकपडा बितरण गरेका थिए।

२०६४ मा स्थापना भएको नयाँ नेपाल समाज केन्द्रमा संचालक कृष्णराज गुरुंगका अनुसार सुरुवातमा ११ जना बालबालिका रहेको र अहिले ६० जना बालबालिकालाई केन्द्रमा राखेर नर्सरीदेखि कक्षा SEE सम्मको अध्यान गराइरहेको बताएका छन् ।

संचालक गुरुङ् ओखलढुंगा रावाडोलु गाबिसमा कार्यरत रहेको शिक्षकको पेशालाइ बिट मारेर राजधानीको पशुपति क्षेत्रमा ब्यबसायिकको रुपमा क्याफेको संचालन गर्दै आएका गुरुङ्को मन व्यापार भन्दा पनि गरिब अनाथ बालबालिकाहरु कठ्यांग्रिने जाडोमा पनि थोत्रो मैलो फाटेको कपडा र खाली खुट्टामै आएर मागेर खाएको देख्दा उनको मनलाइ थाम्न सकेकन र यस्ता अनाथ बालबालिकाहरुको लागि केहि गर्नु पर्छ भन्ने भावना जागेर आयो l यस भावनालाई जिवान्त राख्दै अन्ततः क्याफे बिक्रि गरेर यस्ताखाले पुण्य कामका लागि श्रीमती लगाएत केहि सहयोगी साथीहरुको सहायतामा १३ जना बालबालिकाहरुलाई जम्मा गरि सुरु गरेको बताए। जुन सुरुवाती अवस्थामा कानुनी रुपमा स्थापना गर्नु र तिनका पालन पोषण गर्नुका लागि ठुलै संघर्ष गर्दै विभिन्न खालका चुनौतीहरुलाई पार गर्दा घर दैलोमा पुगेर खाध्यन्न जुटाएको पनि स्मरण गरेका थिए ।

केन्द्रमा रहेका बालबालिकालाई स्थानीयवासी लगाएत मनकारी सहयोगी दाताहरुको सहयोग र पठन पाठनको लागि केहि छुटका साथ विद्यालयबाट सहयोगबाट चल्दै आएको केन्द्रमा उहाँले गर्नु भएको त्यागको उदाहरणीय कामले समाजमा ठुलो परिवर्तन ल्याउनमा अतुलनीय भूमिका रहने छ भन्ने बुझाइका साथ यस्ताखाले सर्हानिय कामलाई केहि टेवा पुगोस र बालबालिकाहरुको उज्वल भविष्यको पनि कामनाका साथ केन्द्रमा रहेका बालबालिकाहरुलाई साथिहरुसंग मिलेर सहयोग गरेको बताएका छन्।

परदेशको भुमिमा पनि सकृय भइ लागि पर्नु भएकी राईले छोटों छुट्टिको समयलाइ सदुपयोग गर्दै यो बर्ष जस्तै हरेक पल्ट नेपाल छुट्टि आउदा यस्ता सहयोग गर्दे आउने क्रममा बिगत ३ बर्ष पहिले पनि काठमाणडौको मनमैजु स्थित एकीकृत समाजका अनाथ बालबालीकाहरुलाइ खाध्यन्नका साथ केहि स्पोर्ट टि-सर्ट बितरण गर्नु भएको थियो ।
February 23, 2019 5:16 pm | फोटो,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन