नेपालले दियो कुवेतलाई ११७ रनको लक्ष्य
महिला विश्वकपका लागि एशियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई ११७ रनको लक्ष्य पेश गरेको छ ।थाइल्याण्डको बैंककस्थित एशियन इन्टिच्युड टेक्नोलोजी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११६ रनको सम्मानित योगफलल तयार पारेको हो ।
प्रतियोगितामै सबैभन्दा कमजोर टोली कुवेतले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ । कुवेतले यसअघिका पाँचै खेलमा पराजय ब्यहोरेको छ । ओपनर सीता रानामगर खाता नखोली आउट भए पनि अर्की ओपनर काजल श्रेष्ठले १८ रनको पारी खेलिन् । इन्दू बर्मा र रोमा थापाले समान ७ रन बनाउँदा सरिता मगरले पनि खाता खोल्न सकिनन् । नेपालले ४६ रन हुँदा ५ विकेट गुमाएको थियो ।
तर छैटौं विकेटका लागि बिन्दू रावल र नेरी थापाले ३७ रनको साझेदारी गरी इनिङ उकासे । नेरी १९ रनमा आउट भएपछि आएकी कप्तान रुविना क्षेत्रीसँग पनि बिन्दूले ३२ रनको साझेदारी गरिन् । इनिङको अन्तिम बलमा आउट हुनुअघि रुविनाले १३ बलमा ३ चौकाको सयोगमा २२ रन बनाइन् । बिन्दू ४९ बल खेलेर २८ रनमा अविजित रहिन् ।
बलिङतर्फ कुवेतकी मार्यम ओमर र प्रियादा मुरलीले २–२ विकेट लिए । नेपालले यस खेलमा जित हासिल गरे पनि सन् २०२० मा हुने टी–२० विश्वकप र सन् २०२१ मा हुने एकदिवशीय महिला विश्वकपको ग्लोवल क्वालिफायरमा पुग्ने सम्भावना कमजोर छ । सात राष्ट्र सम्मिलित यस प्रतियोगिताको शीर्ष टोली ग्लोबल क्वालिफायरमा पुग्नेछ । प्रतियोगितामा थाइल्याण्ड अपराजित छ । उसले आज दिउँसो अन्तिम खेलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले यसअघि मलेसिया, हङकङ, युएई र चीनलाई पराजित गरे पनि थाइल्याण्डसँग ५४ रनले पराजित भएको थियो ।
February 27, 2019 10:47 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार