भारत–पाकिस्तान गोली हानाहान, पाकिस्तानका एक बालकसहित तीन महिलाको मृत्यु
भारत र पाकिस्तानबीच थप तनाव बढेको छ । मंगलबार बिहान भारतीय हवाई सेनाले सीमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर पाकिस्तान प्रशासित क्षेत्रमा बिस्फोटक पदार्थ खसालेपछि थप तनाब बढेको हो ।
नियन्त्रण रेखाका विभिन्न क्षेत्रमा भारत र पाकिस्तानका सुरक्षाकर्मीबीच गोली हानाहान भएको छ । सीमा क्षेत्रको कश्मीरसँग जोडिएको नियन्त्रण रेखामा लागू भएको युद्ध विराम उल्लंघन गरेको आरोप भारत र पाकिस्तानले एक अर्कामाथि लगाएका छन् ।
मंगलबार बेलुका कोटली सेक्टरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक बालक र तीन महिलाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् ।
गोली लागेर अरु केही घाइते भएका छन् । यस्तै पाकिस्तानको तर्फबाट प्रहार भएको गोली लागेर पाँच सुरक्षाकर्मी घाइते भएका भारतीय सेनाले दाबी गरेको छ । भारतीय सेनाले पुंछ र राजौरी जिल्लामा नियन्त्रण रेखाबाट पाँच किलोमिटरको दूरीमा रहेका विद्यालयल अर्को आदेश नआएसम्म बन्द गर्न निर्देशन दिएको छ ।
भारत प्रशासित जम्मू–कश्मिरको पुलवामा गएको २ गते भएको चरमपन्थी आक्रमणमा सिआरपिएफका ४६ जवानको ज्यान गएपछि तनाब बढेको हो ।
February 27, 2019 10:50 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :